आइतबार ०६ आषाढ २०७८

काठमाडौ । चीनबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर आएको नेपाल वायुसेवा निगमको वाइडबडी करिब एक घण्टा आकासमै घुमिरह्यो । तर विमानस्थलमा कुनै समस्या भएर होइन विमानको आफ्नै आवश्यकताका कारण करिब एक घण्टा आकासमै घुम्नु परेको हो । ५० मिनेट आकाशमै होल्डपछि बल्ल सिलिण्डर बोकेर आएको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।

करिब ३ बजे नै नेपालको आकाशमा प्रवेश गरेको जहाज ५० मिनेट होल्डपछि अवतरण गरेको थियो । त्रिभुवन विमानस्थलको टीडीओ कार्यालयले भने विमानस्थलमा कुनै समस्या नभई जहाजको आफ्नै आवश्यकताअनुसार होल्डमा बसेको जनाएको छ।

विमानमा ४ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ। चीन सरकारले नेपालमा अक्सिजन सिलिन्डर अभाव भएसँगै २० हजार सिलिन्डर अनुदानमा दिने बताएको थियो। जसअनुसार पहिलो लटमा ४ सय सिलिन्डर ल्याइएको हो।

१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया