उपत्यकाका तिनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रमुखहरुको बैठकले अत्यावश्यक सामाग्री बिक्री गर्ने पसलहरु बिहान १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।
निषेधाज्ञा १५ दिन थपिएपछी हाल सम्म ९ बजे सम्म खोल्न पाइने पसलहरु भोलीबाट भने १० बजे सम्म खोल्न पाइने भएको हो । दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, फलफूल, तरकारी, दूग्धजन्य पदार्थ आदीको पसल र डिपार्टमेन्टल स्टोरहरु उक्त समय सम्म खोल्न मिल्ने छ । दैनिक उपभोग्य वस्तुको खरिदमा भीडभाड बढेकाले किनमेलका लागि १ घण्टा समय थपिएको हो।
काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा, थप कडाई गर्दै विकास निर्माणका काम पनि बन्द
कोरोना संक्रमणको दर नघटे पछी काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बीएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थप्दै जेठ १३ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।
निषेधाज्ञालाई नियमित गर्दै थप कडाई पनि गरिएको छ । संक्रमण फैलिने सम्भावनालाई मध्यनजरमा राख्दै विकास निर्माणका काम पनि बन्द गर्ने निर्णय गरेको छ । तर राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना भने जारी रहने ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।
त्यस्तै विवाह भोज जस्ता कार्यक्रम पनि पार्टी प्यालेसमा गर्न नपाइने भएको छ । ति कार्यक्रमहरु आफ्नै घरमा बढीमा १० जनाको उपस्थितिमा गर्नु पर्ने छ । यस अघि उपत्यकामा विहान ९ बजे सम्म मात्र किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने भए पनि भोलीबाट भने बिहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाइने भएको छ । ९ बजे सम्म मात्र खोल्दा ग्राहकको बढी भिड हुने हुदा यसलाई एक घण्टा लम्ब्याइएको हो ।
यदि आकस्मिक रुपमा हेलिकप्टर चाहिएमा ठगिबाट बच्न एयरलाइन्सका यी नम्बरहरुमा सिधा सम्पर्क गर्नुहोस (फोन नम्बरसहित)
आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न प्राधिकरणले सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको स्पष्ट पारेको छ ।
यस्तै, उडानमा बिचौलिया मार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सबै हेलिकोप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बरसमेत सार्वजनिक गर्न निर्देशन दिएको क्यानले जनाएको छ ।
क्यानको निर्देशन बमोजिम हेलिकोप्टर कम्पनीले सरकारले तोकेको प्रतिघण्टाको भाडादरमा समेत सहुलियत प्रदान गरी उडान सञ्चालन गरिरहेको तर कोभिड–१९ सङ्क्रमित यात्रु बोक्नु पर्दा भने त्यस यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीको स्वास्थ्य जोखिम बापत थप अतिरिक्त शुल्कसम्बन्धी हेलिकोप्टर कम्पनीले लिँदै आएको पाइएको विज्ञप्तिमा उल्लेख छ । निर्धारित शुल्कभन्दा बढी रकम नलिन तथा यस सम्बन्धमा कुनै किसिमको गुनासो भए प्राधिकरणको देहायका पदाधिकारीलाई सम्पर्क गर्नसमेत क्यानले सबैमा हार्दिक अनुरोध गरेको छ ।
सम्पर्क व्यक्ति ज्ञानेन्द्र भुल, उपप्रबन्धक, उडान अनुमति शाखा सम्पर्क नंः ९८५११३५०९१ ।
यसैबीच, हवाई सेवा सञ्चालकहरूको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले पनि छुट्टै विज्ञप्ति जारी गर्दै कोभिडका बिरामी उद्धारका नाममा बढी भाडा नलिन आफ्ना सबै सदस्य कम्पनीलाई अनुरोध गरेको छ ।
अहिलेको परिस्थितिमा सदस्य वायुसेवा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व सम्झी कोभिड बिरामी उद्धार उडानमा खटिएको स्मरण गराउँदै सङ्घले नियामक क्यानको नीति नियममा रहेर उडान गरिरहेको स्पष्ट पारेको छ ।
सङ्घले तीन वर्षअघि क्यान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको एएस ३५० हेलिकोप्टरको युएस डलर १५०० प्रतिघण्टा एवम् रोविन्सन्स हेलिकोप्टरहरूको युएस डलर एक हजार प्रतिघण्टा दरभाउमा हाल पनि उडान गर्दै आइरहेको र हाल सो दरभन्दा पनि कममा उडान गरिरहेको सङ्घले जनाएको छ ।
कोभिड बिरामी उद्धार उडानमा मात्र संलग्न भएका कम्पनीका प्रतिनिधिहरूलाई सम्पर्क गर्नसमेत अनुरोध सङ्घले गरेको छ । यदि कहीँ कतै बढी रकम लिएको र गलत गरेको लागेमा यस सङ्घ र क्यानमा सिधै सम्पर्क गरी गुनासो एवं जानकारी गराई दिनसमेत सबैमा अनुरोध गरेको छ ।
कोभिड उद्धार उडान गर्ने कम्पनी एवम् आधिकारिक व्यक्तिहरूको सम्पर्क नंः
१. अल्टिच्युड एयर प्रालि (९८०१२४९९१७, ९८०१२४९९०७, ०१–४४८९३००)
२. हेली एभरेष्ट प्रालि (९८४१५५७५०९, ९८१३२४०१३९, ०१–४११३०३६)
३. कैलाश हेलिकोप्टर प्रालि (९८५१०३००१३, ९८५११२९२५४, ०१–५९००५०१)
४. मनाङ एयर प्रालि (९८०११८०४६२, ९८०११८०४६३, ०१–४४८८०१६)
५. श्री एयरलाइन्स प्रालि (९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५)
६. सिम्रिक एयर प्रालि (९८५१०१०६९६, ९८५१०१०६९८, ०१–४१५५३४०) गुनासो तथा अन्य जानकारीका लागि (सम्पर्क व्यक्ति) सङ्घका प्रवक्ता योगराज कँडेल शर्मा सम्पर्क नं ९८५१०२९३३३ तोकिएको पनि कम्पनीले जनाएको छ ।
टेकु अस्पतालले गर्यो कोरोना परीक्षण स्थगित (सूचनासहित)
काठमाडौँस्थित टेकु अस्पतालले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले एक सुचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।
अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको – ‘विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाप्रति क्षमा प्रार्थी छौ’
पीसीआर परिक्षणको लागि किट सकिएपछि परीक्षण तत्कालका लागि बन्द गरिएको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताएका छन।
सङ्क्रमण नियन्त्रणका लागि रसुवा पनि निषेधाज्ञा
कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।
अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले कोरोना सङ्क्रमण नियन्त्रणमासबैक्षेत्रको सहयोग मिल्ने अपेक्षा गरिएको बताउनुभयो । पहिलो चरणअन्तर्गत एक साताका लागि निषेधाज्ञा जारी गरिएको र अत्यावश्यक खाद्यान्न बिक्री वितरणका लागि बिहान ६ देखि ९ बजे समय निर्धारण गरिएको छ । औषधि पसल भने चैबिसै घण्टा खुला रहने व्यवस्था मिलाइएको छ ।
यही वैशाख ५ गतेदेखि तीन जनामा पुष्टि भएको कोरोना हाल रसुवाका पाँचवटै क्षेत्रमा फैलिएका कारण संङ्क्रमितको सङ्ख्या १७६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना रोग सङ्क्रमण रोकथामका लागि रसुवाका पाँचवटै स्थानीय तहहरूले जनजागरण कार्यलाई तीव्रता दिइरहेको र स्वास्थ्यकर्मी, सुरक्षा अङ्ग समेतका निकायसमेत परिचालन भइरहेकाले कुनै गाउँमा केही समस्या आएमा स्थानीय प्रहरी प्रशासन स्वास्थ्यकर्मीलाई खबर गरिदिन समुदायमाझ आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस