अन्तरास्ट्रियसमाचार

१९१ यात्रु बोकेको एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना

एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु रहेको बिबिसीले जनाएको छ। विमान दुबईबाट आइरहेको थियो। नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो। विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो।

विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन्। सबै यात्रुको उद्धार कार्य जारी छ। क्षतिको विवरण भने आइसकेको छैन। केही व्यक्तिहरुलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ। भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको बताइएकाे छ।

दुर्घटनापछि विमान दुई टुक्रा भएकाे छ। विमान दुई टुक्रा भएपनि आगलागी भने नभएको बीबीसी हिन्दीले जनाएको छ । घटनालाई लिएर भारतीय गृहमन्त्री अमित शाह, केरलका मुख्यमन्त्री पिनारई विजयन र कांग्रेस नेता राहुल गांधी घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

Related Articles

Back to top button
Close