News

शिशिर भण्डारीले माफी माग्दै यसो भने… ।

काठमाडौँ : केही दिनअघि कपनमा तीन महिनाको एक बच्चा फेला परेका थिए । उक्त बच्चा कार्टुनमा फेला परेको खबर सार्वजनिक भएसंगै सामाजिक संजालमा तरङ्ग नै छाएको थियो ।

तर उक्त बच्चा आमाले फालेको नभई बच्चालाई ग्रहण गर्ने पुष्पा अधिकारिकै नियोजित योजना भएको खबर बाहिरीसंगै उक्तबिषयमा भिडियो बनाएका पत्रकार शिशिर भण्डारीले सामाजिक संजाल फेसबुक मार्फत माफी मागेका छन् । उनले लेखेका छन् ‘ यो घ’टनापछि थाहा भयो, हाम्रो कामलाई हौसला दिने धेरै हुनुहुँदो रहेछ, गल्ती भयो मा’फी चाहन्छु, अब सोचेर, बुझेर सेवा गर्ने प्रढ गरें’

त्यस्तै अन्तरवार्ताका नाममा युट्युबरले बेइज्जतीपूर्ण तरिकाले उनको ‘अन्तरवार्ता’ लिइएको भन्ने आ’रोप भाग्य न्यौपानेलाइ लगाइएको र अन्तर्वार्ताको क्रममा भाग्यको प्रस्तुति र बडी ल्याङ्वेज अत्यन्त फरक रहेको भन्ने कुराहरु आइरहदा भाग्य न्यौपानेले आफ्नो फेसबुक मार्फत स्पष्टीकरण दिएका छन् ।

‘म केयर बाल गृहमा दोस्रो पटक पुगेँ र त्यो बेला म आक्रोषित पनि भएँ त्यसैले आक्रोषमा मैले समाजिक दुरि कायम गरिन जुन मेरो गल्ती हो, साथै नियतवश मैले कुनैपनी हिसाबले पुष्पा अधिकारिलाई दुर्व्यवहार गरेको होइन र म त्यस्तो व्यवहारको बिरोध गर्छु र अगामिदिन यस्तो विषयप्रती अझ संवेदनशील हुनेछु। मेरो उक्त भिडियोको कारणले महिला संवेदनामा कुनै आँच पुग्न गएमा म माफी माग्न चाहान्छु। यो विषयमा समालोचनात्मक प्रतिक्रिया गरि मलाई सजग गराउनुहुने सबैप्रती म आभार प्रकट गर्न चाहान्छु।’

Related Articles

Back to top button
Close