News

नेपालमा २३ वर्षीय युवकको कोरोनाबाट मृत्यु

काठमाडौं – नेपालमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवक रहेका छन् ।

उनको गएराति धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार कोरोना संक्रमण पुष्टि भएका युवकमा तीन वर्ष देखि किड्नीको समस्या रहेको थियो ।

कोरोनाबाट मृत्यु भएका युवकको शव सिरहा ल्याउन तयारी भइरहेको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले बताए । युवकको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।

Related Articles

Back to top button
Close