आइतबार ०६ आषाढ २०७८

सप्तरीमा ट्रकको ठक्करबाट साइकलमा सवार दम्पतीको ज्यान गयो ।

मंगलबार बिहान पुर्व- पश्चिम राजमार्गमा घर नजिकै ना ६ ख ३८६१ नम्बरको ट्रकले ठक्कर दिँदा हनुमाननगर कंकालिनि नगरपालिका -३ पोर्ताहाका साईकल चालक वर्ष -४५ का सत्य नारायण मंण्डल र साईकल पछाडी सवार उनकी श्रीमती वर्ष- ४० कि सुनिता देबि मंण्डलको मृत्यु भएको हो ।

पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना ६ ख ३८६१ नम्बरको ट्रकले बिपरीत दिशाबाट अाउँदै गरेको साईकललाई मंगलबार बिहान साढे ६ बजे ठक्कर दिँदा दुबैजनाको मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते दुबै जनालाई उपचारको लागी स्थानीय अस्पताल भारदह लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज लागिएको छ ।

ट्रक र चालक नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया