सोमबार ३१ जेठ २०७८

कोराना संकटको बेला नेपाल युट्युब पत्रकार सघंद्धारा बिपन्नलाई निःशुल्क भोजन गराउने भएको छ। कोरोना संकटको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई समस्या भएपछि नेपाल युट्युब पत्रकार सघंले विपन्नहरुलाई निशुल्क भोजन गराउने भएको छ । बालाजु चोक, बनस्थली र माछापोखरी लगायतका क्षेत्रमा दैनिक बिहान एकपल्ट निशुल्क रुपमा सघंले भोजन गराउने भएको हो । यसका लागि सघंले काठमाण्डौ वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालसगं सयोंजन गरेको छ । भने सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको साथ सपोर्ट रहेको छ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

मगंलबार देखि सघंले दिनको एकपटकको खाना निःशुल्क खुवाउने अभियान सुरु गर्न लागेको अध्यक्ष प्रकाश चन्द्र दाहालले जानकारी दिए । कोरोना नियन्त्रणका लागि अपनाइएको निशेधाज्ञाका कारण दैनिक ज्ज्यालामजदुरी गरेर जीविकोपार्जन गरिहेका र अहिले रोजगार विहिन भएर बसेका विपन्न नागरिकहरुलाई कम्तिमा एक छाक भएपनि खाना खुवाउने उद्धेश्यले यस्तो अभियान सुरु गर्न लागिएको उनले बताए ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

वनस्थलिको राजधानी बैक्रिंटले निशुल्क रुपमा ठाउँ उपलब्ध गराएको र सोही ठाउँमा भोजन गराउने तैयारी भएको सघंका उपाध्यक्ष भोजराज थापाले बताए । ‘दैनिक एक छाक भोजन गराउदा गरिब तथा बिपन्न परिवारलाई केही भएपनि राहत हुने ठानेर निशुल्क भोजन दान कार्यक्रम सुरु गरिएको हो, उनले भने, रोगले भन्दा पनि भोकले मर्ने स्थिति नआओस् भन्ने हाम्रो कामना हो ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

कहीँ कतैबाट सहयोग आएर नभई नेपालमा रहेका युट्युबरहरुसगं रकम सकंलन गरि भोजन गराउन लागिएको भोजन कार्यक्रमका सयोंजक मिलन सिहंले बताए । सरकारले भने अनुसार कोरोना भाइरस नियन्त्रणका लागि लागु गर्नुपर्ने दुरी, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सोही अनुसार खुवाईने उनले जानकारी दिए । संस्थाले यसलाई लकडाउन अवधीभर नै निरन्तरता दिने जनाएको छ ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया