आइतबार १९ चैत्र २०७९

एजेन्सी । भारतमा अहिले कोरोना महामारीका रुपमा फैलिएको छ । थुप्रै कलाकार पनि कोरोना संक्रमित छन् । नायीका शिल्पा सेट्टी र उनको परिवारलाई पनि कोरोना पुष्टि भएको छ । शिल्पाको एक वर्षकी छोरीलाई कोरोना पुष्ट भएपछि उनी निकै भावुक भएकी छन् । सानो छोरीले यति ठूलो संघर्ष गर्नु परेको भन्दै शिल्पा दुखी भएकी हुन् । कोरोनाभाइरसको दोस्रो लहरले भारतमा वि ध्वं श मच्चाइरहेको छ । मुम्बई र महाराष्ट्रमा पछिल्लो दिन थुप्रै ठूला सेलिब्रिटी पनि यो रोगको चपेटमा आए ।

आलिया भट्ट, रणविर कपुर, दिपीका पादुकोणलगायतले कोरोनासँग लडिरहँदा बलिउड अभिनेत्री शिल्पा सेट्टीको परिवार पनि कोरोनाको कारणले पिडित बनेको छ । उनको आमा, श्रीमान र १ बर्षकी छोरीलाइ समेत कोरोना देखिएपछि उनी भावुक बनेकी हुन् । उनले इन्स्टाग्राम अकाउन्टमा यसबारे पोस्ट गर्दै त्यसवारे जानकारी दिएकी हुन् ।

उनले लखेकी छन्, ‘पछिल्लो १० दिन हाम्रो लागि निकै मुश्किल रह्यो । मेरा सासु–ससुरा कोभिड द्वारा संक्रमित पाइए । त्यसपछि समिशा, वियान–राज, मेरी आमा र राज पनि यसको चपेटमा आए । आधिकारिक दिशानिर्देश र डाक्टरको सल्लाह अनुसार सबैजना होम आइसोलेशनमा आफ्नो कोठामा छन् ।’

९३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया