शनिबार ०५ आषाढ २०७८

काठमाडौं- बलिउडमा नायिका मनिषा कोइराला र नाना पाटेकरको प्रेम सम्बन्धले केही समय राम्रो चर्चा पाएको थियो । सन् १९९६ मा बनेको फिल्म ‘अग्निसाक्षी’को सुटिगं समयबाट नाना र मनिषा प्रेममा रहेका थिए ।

निर्देशक पार्थो घोस अभिनेता नाना पाटेकर र अभिनेत्री मनीषा कोइरालालाई लिएर फिल्म ‘अग्निसाक्षी’ बनाइरहेका थिए । यही फिल्मको सुटिङका दौरान नाना र मनीषाबीच अफेयरको चर्चा चल्न सुरु भएको थियो । प्रेमसुरु भएपछि मनिषा नानासँग कोही युवती नजिक भएको हेर्न चाहन्थिन् तर फिल्मको नाइट सुटिङ भइरहेका बेला मनीषाले नानाको मेकअप रुममा अभिनेत्री आयशा जुल्कालाई देखिन् ।

आयशालाई नानाको मेकअप रुममा देखेपछि मनीषाले आफ्नो रि सलाई था म्न स किनन् र आयशासँग झ गडा गर्न थालेपछि मनिषा र आयशा बिच हा त हा ला हा ल नै भएको थियो । पछि नानाले झ ग डा हात जोडेर बिन्ती गर्दै मिलाएको भारतिय मिडियाले जनाएका छन् । यो घटनापछि मनीषा असुरक्षित महशुस गरिन् र नानालाई विवाह गर्नका लागि द बा ब दि न था ले पनि नानाले मनिषासँग बिहे गरेनन् किनकी उनी पहिलेदेखि नै विवाहित थिए ।

यही विषयले नाना सँग रिसाएकी मनिषा नाना बाट टाढा भइन् । टाढा भएको केही दिनपछि नै उनले नाना कोही युवतीसँग लिभ इन रिलेसनमा रहेको थाहा पाइन् । ती युवती अरु कोही नभई आयशा नै रहेको खुल्न आएको थियो ।

८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया