शनिबार १६ साउन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । दाहाल लामो समयदेखि अस्वस्थ रहेकी छिन् । उनको उपचार विदेशदेखि स्वदेशसम्म हुँदै आएपनि हालसम्म सुधार हुन सकेको छैन ।

दाहालकी छोरी गंगाले आइतबार अबेर सार्वजनिक गरेको तस्बिरमा उनको अवस्था निकै नाजुक देखिएको छ ।
प्रचण्ड दम्पतीको ५२ औं वैवाहिक वर्षगाँठको अवसरमा छोरी गंगाले सार्वजनिक गरेको तस्बिरमा उनको अवस्था नाजुक देखिन्छ ।

ह्याप्पी एनिभर्सरी बुबाममी भन्दै उनले आमासहित परिवारको फोटो सार्वजनिक गरेकी छिन् । सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन् लोकान्तर

१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया