शुक्रबार १७ चैत्र २०७९

पाठेघरको मुखको क्यान्सर समयमै पहिचान भएमा यसलाई उपचार गर्न सकिन्छ । नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरुमा बढ्दै गएको छ ।

पाठेघरको क्यान्सर हुनु अगाडि नै पत्ता लगाउन सकिने भएपनि यो रोगको विषयमा जनचेतना नहुँदा र समयमा स्वस्थ्य परिक्षण नगराउँदा धेरै महिलाको अकालमै ज्यान जाने गरेकाे छ ।

सूक्ष्म जीवाणुको संक्रमणले पाठेघरको मुखको क्यान्सर हुन सक्छ । यो जीवाणु असुरक्षित यौन सम्पर्कबाट गर्छ । पाठेघरको मुखमा संक्रमण भए पनि कुनै लक्षण तथा चिन्हहरु देखा नपर्न पनि सक्छ । त्यसैले स्त्री रोग विशेषज्ञसँग समयमै पाठेघरको परिक्षण र परार्मश लिनुपर्छ ।

पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडिको अवस्था पाठेघरको मुखको परीक्षण बाट थाहा पाउँन सकिन्छ । तालिम प्राप्त स्वास्थ्यकर्मीबाट पाठेघरको मुखमा औषधि लगाई गरिने परीक्षण विधि अपनाउन सकिन्छ ।

यो परिक्षण यौ न स म्पर्क भएकाले ५ वर्षमा एकपटक गराउनुपर्छ । ३० देखि ४० वर्ष उमेर पुगेका सबै महिलाहरुले आफूलाई कुनै समस्या नदेखिएपनि परीक्षण गराउनु पर्छ । यो परिक्षण प्र
पाठेघरको मुखमा औषधि लगाई गरिने परीक्षणबाट पाठेघरमा क्यान्सर हुनुभन्दा करिब १० वर्षअगाडिको अवस्था थाहा पाउन सकिन्छ । यो परीक्षणबाट क्इान्सर हुने नहुने थाहाँ पाउन सकिन्छ । पाठेघरको मुख औषधि लगाई गरिने परीक्षणबाट समस्या देखिएमा उपचार शुरु गराउनु पर्छ । सरकारी स्वास्थ्य संस्थामा निशुल्क पाठेघरको परीक्षण निशुल्क गरिन्छ ।

८०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया