शनिबार ०५ आषाढ २०७८

काठमाडौं । नयाँ अनुसन्धानले कोरोना संक्रमण हावाको माध्यमबाट समेत सर्नसक्ने तथ्य पत्ता लगाएको छ । कोरोना भाइरस थुकको छिटाहरूबाट मात्र नभएर हावामा रहेको मसिना कणहरूबाट पनि सर्ने देखिएको छ ।

संक्रमित बसेको कोठामा रहेको हावाबाट लिएको नमुना परीक्षण गर्दा यस्तो तथ्यको पुष्टि भएको अन्तर्राष्ट्रिय अध्ययनमा उल्लेख छ । विश्वप्रसिद्ध जर्नल द ल्यान्सेटमा प्रकाशित वैज्ञानिकहरूको अध्ययनलाई आधार मान्ने हो भने कोरोना भाइरस हावामा पनि निश्चित समय जीवित रहन सक्छ ।

त्यसैले भेन्टिलेसन राम्रो नभएको बन्द कोठामा कोरोनाको संक्रमण तीव्र हुने जोखिम रहेको बिज्ञ बताउछन् । आइसोलेसन सेन्टर र क्वारेन्टाइनको निर्माण गर्दा प्रर्याप्त मात्रामा हावा ओहोरदोहोर हुनुपर्ने साथै अस्पतालमा कोरोनाका बिरामी बस्ने वार्डमा पर्याप्त भेन्टिलेसन हुनुपर्ने देखिन्छ ।

संक्रमित व्यक्तिहरू रहेको हावाको वरपर वातावरणमा कोरोनाको भाइरस मसिना कणहरूमा रहने हुँदा संक्रमितको नजिकैको वातारणबाट हुन सक्ने संक्रमणको सम्भावनालाई रोकथाम गर्न जनस्वास्थ्यका नयाँनयाँ मापदण्डहरू तय गर्न आवश्यक रहेको बिज्ञको सुझाव छ ।

अध्ययनलाई आधार मान्दा कोरोनाको संक्रमणबाट जोगिन वर्तमान जनस्वास्थ्यका नियमहरूको पालना सँगै थप नयाँनयाँ जनस्वास्थ्यका मापदण्डहरू पनि ल्याउनुपर्छ । सरुवा रोगका बिरामी राख्ने अस्पताल बस्तीबाट टाढा हुनुपर्ने मापदण्ड भएपनि हाल सबै अस्पतालमा कोरोनाका बिरामी राख्नु पर्ने बाध्यता छ ।

यसले गर्दा अस्पतालमा अन्य रोगको उपचारमा गएका बिरामीलाई समेत संक्रमण हुने गरेको छ । ल्यान्सेटको यस नयाँ अनुसन्धानले प्रमुख १० कारणहरू पेस गर्दै हावाबाट कोरोनाको भाइरस फैलने दाबी गरेका छन ।

अस्पतालमा थुकको छिटाको माध्यमबाट कोरोना संक्रमण हुनबाट जोगिने स्वास्थ्यकर्मीहरूले पीपीई लगाउदा पनि उनीहरूमा कोरोनको संक्रमण फैलनुमा हावामा रहेको मसिना कणहरू रहेको बैज्ञानिकहरुको दाबी छ ।

१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया