शनिबार १६ साउन २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८४१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा शनिबार थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित समेत गरी नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ। जसमध्येका २ लाख ९८ हजार ७६५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भइसकेका छन् भने देशभर हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन्।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ५३ जनको मृत्यु भएको छ। विभिन्न अस्पतालमा उपचररत उनीहरुको गत २४ घण्टाभित्र मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया