सोमबार ३१ जेठ २०७८

एजेन्सी । मायामा सबै कुरा जायज हुन्छ भन्ने कुराको उदाहरण आइरिस जोन्स र माहम्मद अहमदको जोडीलाई लिन सकिन्छ । बेलायतमा बस्ने ८१ वर्षीया आइरिस जोन्सले ३६ बर्षे मोहम्मद अहमद इब्राहिमसँग केही समय अघि फेसबुकमा कुरा गर्न थालेका थिइन् । यी दुई बिच ४५ बर्षको अन्तर भए पनि, आज उनीहरू विवाह गरेका छन्। इजिप्टमा रहेका मोहम्मद हाल भिसा समस्याका कारण जोन्सबाट टाढा छन्।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

वास्तवमा मोहम्मद डिपेन्डेन्ट भिसा लिन तयारी गर्दै छन् तर अहिले सम्म त्यो सम्भव भएको छैन । त्यसैले यि दुवै निकै समस्यामा छन् । यस कारण, उनी इंल्यान्डको समरसेटमा बस्ने जोनलाई भेट्न सक्दैनन् । यद्यपि उनले जोन्सप्रतिको प्रेम निरन्तर सामाजिक मिडियाको सहयोगमा व्यक्त गरिरहेका छन् । हालसालै उनले फेसबुकमा आइरिसको लागि एक पोष्ट लेखेका थिए ‘मेरो जीवनको अन्त सम्म मेरो प्रेम तपाईंको लागि हुनेछ। मेरो रानी आइरिस।’

आइरिसले मेट्रो वेबसाइटसँग कुराकानीमा भनेकी छन् की म अहमदलाई धेरै सम्झन्छु। म तीन पटक इजिप्ट पुगे । तर तीन पटक नै म मेरा श्रीमान्लाई ल्याउन असमर्थ भए । म बारम्बार इजिप्ट पनि जान सक्दिन किनकी त्यहाँको वातावरण मेरो लागि राम्रो छैन । त्यहाँ धुलो धुँवा छ । खाना पनि मिल्दैन । मलाई त्यहाँ खाना पनि मनपर्दैन।

आइरिसका दुइ छोरा छन् । जसको उमेर उनका श्रीमानको भन्दा बढी छ । छोराहरु ५० वर्ष उमेर बढीका छन् । सुरुमा उनका छोराहरुलाई आमाको यो सम्बन्ध राम्रो लागेको थिएन । तर अहिले छोराहरुले पनि आमाको सम्बन्ध स्वीकार गरिसकेका छन् ।

आइरिस भन्छिन्, मेरो छोराले बुझिसक्यो कि यस सम्बन्धमा इमान्दारी छ र हामी एक अर्कालाई मन पराउँछौं। दुबैले इजिप्टमा विवाह गरेका छन् तर परम्परागत तरिकाले विवाह गर्नुको सट्टा यी व्यक्तिहरूले कागजमा हस्ताक्षर गरे र केएफसीमा उत्सव मनाउन गए।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया