आइतबार ०६ आषाढ २०७८

काठमाडौं । कोरोना कालमा मानवता मर्दै गरेको देखिन थालेको छ । मान्छेहरु मान्छेको नजिक जान डर मानिरहेका छन् । यस्तै एक दर्दनाक दृश्य भारतबाट बाहिर आएको छ ।

त्यहाँको उत्तर प्रदेश राज्यमा जब घरमा बस्ने एक वृद्ध व्यक्तिमा खोकी, ज्वरोसहितका समस्याबाट ग्रसित हुनुपर्यो । परिवारका सदस्यहरुले सडकमा ल्याएर फ्याकेको जनाइएको छ ।उनले अर्को नातेदारलाई बोलाए । तर ति आफन्तले पनि उनलाई आफुहरु भन्दा किलोमिटर टाढा लगेर छोड्दिए । प्रहरीले कारलाई ट्रेस गर्यो र आफन्तलाई बोलायो ।

उनीहरुलाई सम्झाउदै प्रहरीले वृद्धलाई उनीहरुको जिम्मा लगायो । ५२ वर्षीय सुरेन्द्र सिंह विवाहित थिएनन् । उनी २० वर्षदेखि गौरव र गुजैनी ब्लाक निवासी आफन्त सौरभसँग बस्दै आएका थिए । दुई दिन अघि उनलाई खोकी, चिसो र ज्वरो आउँन थाल्यो ।

यो देखेर आफन्तहरूले उनलाई कोरोना भएको भन्दै घरबाट निकाले । सोमबार, सुरेन्द्र गुजैनी सब्जीमन्डीमा कसैको घरको बाहिर सुतेका थिए । मानिसहरूले विरोध गरे र आफन्तहरूलाई लैजान भने । गुजैनीमा बस्ने सुरेन्द्रका नजिकका भतिजा मुकेशलाई जानकारी दिइयो ।

मुकेश त्यहाँ एउटा कारमा पुगे । उनले कारमा लगेर एक किलोमिटर टाढा जेना प्यालेसको पसलबाट बाहिर निस्के र उनलाई बिस्कुटको एक प्याकेट दिएर बीचमा छोड्दिए । पसलहरूको पर्यवेक्षण गरिरहेका कर्मचारीहरूले यो जानकारी रतनलाल नगर चौकी इन्चार्ज अरविन्द सिंहलाई गराए ।

त्यस अधिकारीले गाडीको नम्बर ट्रेस गरेर मुकेशलाई फेरि बोलाए र हप्काए । मुकेशले भने कि उनी पहिले अस्पताल गएका थिए र भर्ना नभएपछि उनलाई यहाँ छोडेका हुन् । प्रहरीको कारबाहीको डरले मुकेश सुरेन्द्रसँगै गएको भनिएको छ ।

७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया