शुक्रबार १७ चैत्र २०७९

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोभिड संक्रमित गर्भवतिको शल्यक्रियामार्फत बच्चा निकालिएको छ । पेटभित्रको बच्चा ठूलो भएपछि एकहप्ता अगाडी नै शल्यक्रियामार्फत बच्चा निकालिएको हो ।

गुलरिया नगरपालिका-५ बर्दियाकी २२ वर्षीया महिलाको सफल शल्यक्रिया गरि बच्चा निकालिएको अस्पतालका सहनिर्देशक डा नितेशकुमार कनोडियाले बताउनुभयो । बच्चाको तौल ३.७ किलो छ । बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

ती महिलालाई १७ गते संक्रमण पुष्टि भएको थियो । प्रोफेसर डा मीता सिन्हा, स्त्रीरोग विशेषज्ञ डा कविता सिन्हा, डा गोमा रिमाल, डा सगुन शर्मा, डा शिशिर खड्का, डा श्यामा नन्दन शाह, नर्सहरु हरी गौतम, भगवति कार्की, तारा रेग्मीलगायतको टीमले सफल शल्यक्रिया गरेको हो ।

४५० पटक हेरिएको

तपाईको प्रतिक्रिया