सोमबार ३१ जेठ २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका चार हजार १०६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा चार हजार १०६ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा तीन हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जना गरी चार हजार १०६ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै काठमाडौं उपत्यकामा ३४ हजार ६२१ जना सक्रिय सङ्क्रमित पुगेका छन् ।

काठमाडौंमा हाल २५ हजार ९४०, ललितपुरमा पाँच हजार ४२९, र भक्तपुरमा तीन हजार २५२ जना सङ्क्रमित छन् । उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सङ्क्रमितको कुल सङ्ख्याको ४४ प्रतिशत हो। राजधानी उपत्यकामा अहिलेसम्म १,२१४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्क छ। जस अनुसार काठमाडौंमा : ८१४, भक्तपुरः १६८, ललितपुरः २३२ मृत्यु भएको छ ।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ –
११३३ / ९८५१२५५८३९ / ९८५१२५५८३७ / एम्बुलेन्स सेवाको लागि १०२, यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

हाल २२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। वाग्मती प्रदेशका आठ, लुम्बिनी प्रदेशमा छ, प्रदेश नं १ का तीन र अन्य चार प्रदेशका एक-एक जिल्लामा अहिले उच्च सङ्ख्यामा सक्रिय सङ्क्रमित रहेका हुन्।

थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। शुक्रवार पुष्टि भएको सङ्क्रमितहरूमध्ये २०४ जना १० वर्षभन्दा मुनिका, ६०० जना १० देखि १९ वर्षका र ४,४०१ जना २० देखि ३९ वर्षका छन्।

त्यस्तै ४० देखि ४९ वर्षका १,५७३, ५० देखि ५९ वर्षका १,१९९ र ७० वर्षभन्दा माथिका ३६६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया