शनिबार ०५ आषाढ २०७८

बलिउड, भोजपुरी तथा साउथ ईण्डियन फिल्ममा काम गरिसकेकी अभिनेत्री श्रीप्रदाको कोरोनाका कारण निधन भएको छ । उनी केही दिन अघि देखी कोरोना संग लडिरहेकि थिईन् । ८० तथा ९० को दशकमा उनले कैयौ फिल्ममा काम गरेकि थिईन् । उनी त्यतिबेला युवाहरुको ढुकढुकी रहेकि थिईन् । उनले आग के शोले, बेवफा सनम, बटवारा लगायतका हिट फिल्म दिएकी थिईन् ।

उनले सन् १९८९ मा बटवारा फिल्ममा बलिउडका धर्मेन्द्र र बिनोद खन्ना संग संगै काम गरेकि थिईन् । उनले बलिउड, भोजपुरी तथा साउथ इण्डियनका ७० वटा भन्दा बढि फिल्ममा अभिनय गरिसकेकी थिईन् । श्रीपदाको निधनमा दक्षिण भारतीय एक्टर रवि किशनले पनि दुःख ब्यक्त गरेका छन् । उनले रविको साथ ‘हम तो हो गए नि तोहार’ मा काम गरेकी थिइन् । श्रीपदा श्रीप्रदाका नामबाट परिचित रहेकी थिइन् । श्रीपदाले १९७८ मा अभिनय करियर सुरु गरेकी थिइन् ।

१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया