
काठमाडौ । बाहिर गेष्टहाउस र खाजा घरका बोर्ड राखिएका छन् । तर भित्र भने कल्पना गर्न नसकिने धन्दा मौलाउँदै गएको खुलेको छ । सामाजिक सञ्जाल फेसवुकको प्रयोग गरेर मानव बेचबिखन तथा ओसारपसारमा लागेकाहरुले यस्तै खाजाघर र रेष्टुरेष्टमा काम दिने भन्दै युवती फकाउने र गलत काममा लगाउने गरेको खुलेको छ । यस्तो काममा संलग्न पुरुषहरु पक्राउ परेपछि घटनाको रहस्य खुलेको हो । फेसवुकमा गाउँका महिलाहरुसंग सम्पर्क गरेर काठमाडौ ल्याई उनीहरुलाई अन्य मुलुकमा पठाउने कार्यमा संलग्न तीन जना फरार अभियुक्त प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका २५ ठूलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भनिने विमला विक, चितवन भरतपुर महानगरपालिका९१९ बस्ने ४४ वर्षीय मौसम भनिने केशबहादुर विश्वकर्मा र लमजुङ दोर्दी गाउँपालिका १ घर भई चितवन डेरा गरी बस्ने ४१ वर्षीय नवीन भनिने नवराज अधिकारी रहेका छन्।
राम्रो काम लगाइदिने भन्दै काठमाडौको होटलमा वेटरको रुपमा काम लगाएर उनीहरुलाई बेचविखन गरिएको प्रहरी अनुसन्धानवाट देखिएको छ । यस्तो कार्यमा संलग्न मध्े विमलालाई कास्की पुम्दीभुम्दीबाट बिहीबार, केशबहादुरलाई चितवन भरतपुर महानगरपालिका ३ बाट शुक्रबार र नवराजलाई चितवन पुल्चोकबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फेसबुकमार्फत कुराकानी गरी राम्रो कमाइ हुने भन्दै काठमाडौं कोटेश्वरमा रहेको दिपलक्ष्मी गेष्ट हाउसमा वेटरको काम लगाएकी युवतीलाई अ’नैतिक काम लगाएको प्रहरी अनुसन्धानवाट खुलेको छ ।
पोखरा महानगरपालिका–२५ ठुलुमुढी बस्ने प्रियाले फेसबुकमा कुरा गरेर किशोरीलाई जागिरको लोभ देखाइन् । बुवाले कान्छी आमा ल्याएपछि भर्खरै १६ टेकेकी सपना ९नाम परिवर्तन० आर्थिक अभावमा थिइन् । परिवारमा आमा र बहिनी थिए । आर्थिक अवस्था पहिले पनि मजबुत थिएन, बुवा र आमाको सम्बन्धविच्छेद सँगै समस्याको झन् ठूलो पहाड पार गर्नुपर्ने भयो ।
केही समय मामाघरमा बसिन् । अनि, कामको खोजीमा काठमाडौं आएकी सपनाले शुरुमा कपडा पसलमा काम गरिन् । आलु चिप्स बनाउने कारखानामा काम गरिरहेको बेला प्रियाले ‘खान बस्न पैसा नलाग्ने र राम्रो कमाई हुने रेष्टुरेण्ट एण्ड गेस्ट हाउसमा काम लगाइदिन्छु’ भनेपछि उनले चिप्स कारखाना छाडिन् ।
प्रियाले कोटेश्वरस्थित ‘होटल दिपलक्ष्मी एण्ड गेस्ट हाउस’मा उनलाई वेटरको काम गर्ने शर्तमा राखिदिइन् । साहुजीले मासिक ७ हजार तलव तोकेका थिए । शुरुमा केही दिन वेटरको काम गरेकी सपनालाई पछि डर, त्रा’स देखाएर ग्राहकसँग शा’रि’रि’क स’म्पर्क राख्न बाध्य पारियो ।
माइत बस्न थालेकी आमा र बहिनीमाथिको पारिवारिक जिम्मेवारी पूरा गर्न ०७६ कार्तिकमा उनी काठमाडौं आएकी हुन् । सामान्य अक्षर चिन्न नसक्ने आमा र बहिनीलाई हेरविचार गर्ने त्यो परिवारमा सपना बाहेक कोही थिएन । पढाइ छोडेर पैसा कमाउने सपना देखेर काठमाडौं आएकी उनको सपना कोटेश्वरको गेस्ट हाउसमा ब’न्धक बनाइयो ।
गेस्टहाउसका केशबहादुरले युवतीलाई राहदानी बनाउन सहयोग गरी भारतका विभिन्न स्थानमा ब न्ध क बनाएर श्रीलङ्कासम्म लगेको देखिएको छ । त्यसपछि नवराजले लिबियामा रहेको क्यानेडियन कम्पनीमा महिनाको १ लाख ५० हजार रुपैयाँसम्म कमाई हुन्छ भनी प्रलोभनमा पारेर दुबई हुँदै लिबियामा लगी कोठामा ब न्ध क बनाएका थिए ।
त्यस्तै फेसवुकवाट चिनजान गरी अर्की युवतीलाई मकवानपुर वागमती गाउँपालिका९८ भवानचुली बस्ने २४ वर्षीय विजय भनिने आयुष मोक्तानले पनि कम्बोडिया पठाउने भन्दै रकम ठगेको प्रहरीले जनाएको छ । उनी पनि पक्राउ परेका छन् ।
आयुषले काभ्रे पाँचखाल नगरपालिका९८ चिसापानी बस्ने ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’मा काम लगाइदिने प्रलोभनमा पारी उनीहरूबाट ३९ लाख रुपैयाँ लिएका थिए ।