एजेन्सी । काखमा एक महिने दुधे बालक बोकेर दोलखा शैलुङ गाउपलिका वडा ८ का सपना खाती आफ्नो श्रीमान खोज्दै काठमाडौँ आई पुगेकी छिन । आफुलाई बच्चा पेटमै हुदा माइतीमा छोडेर श्रीमान कृष्ण खाती फरार भएको उनि बताउछिन । २ बर्ष अघि प्रेम बिबाह गरेकी सपना र कृष्णको अहिले छोरा जन्मिएको छ ।
सुत्केरी हुदा माइतीले नै स्याहार सुसार गरेर अहिले हिड्न सक्ने भएपछी उनि श्रीमान खोज्दै काठमाडौँ आएकि हुन् । महिला सिल देखि प्रहरी चौकी धाउदा पनि श्रीमान फेला नपरेपछी उनि मिडियाको सहारामा आइपुगेकी हुन् । काखमा छोरा छ श्रीमानको अत्तोपत्तो छैन श्रीमानको खोजि गरि दिन आग्रह गर्दै उनि भाबुक भईन ।
यतिबेला नेपाली समाजमा यस्ता धेरै घटनाहरू घटिरहेकाे छ । विदेशमा बस्ने श्रीमानहरूलाइ छाडेर शहर बजार तिर बसेर रमाउने श्रीमतिहरू पनि उत्तिकै भेटिन्छन् । उसो त विदेशबाटै अर्काकि छोरी बुहारी वा श्रीमति पट्याएर नेपालमा बसेका श्रीमतिलाइ थाहै नदिएर शहर तिर हराउनेहरूकाे कथा पनि बाहिरिएकै छ ।
भिडियो अन्तिमसम्म हेर्नुहोला सपनाकी श्रीमान कृष्ण खातीको फोटो स्क्रिनमा देखाएका छौ तपाईहरुले कहिँ कतै देख्नु भएमा हामीलाई सम्पर्क गरि दिनु हुन अनुरोध गर्दछौ ।
भिडियोः