कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल, नेपालगन्जकी स्टाफ नर्स प्रीति खड्कालाई शुक्रबार पीपीई लगाएर काम गर्ने जाँगरै थिएन । म’हिनावारी भएकाले से’नेटरी प्या’ड लगाउनुपर्ने बा’ध्यता थियो । त्यसमाथि पीपीई थपिँदा शरीर बा’फिएर उ’कुसमुकुस हुन्छ । तर पीपीई नलगाए महामारीको सि’कार हुने ड’र छ ।
पीपीई लाउनै पर्यो । यहाँ दिनहुँ संक्रमित थपिँदै छन् । सबैले सहज उपचार नपाउने स’मस्या छ । त्यसैले उनी नयाँ वर्षदेखि बिदा नबसी ख’टिएकी छन् ।प्रीति शनिबार रात्रि ड्यु’टीमा ख’टिइन् । उनीसँगै स्टाफ नर्स कमला नेपाली, सुनीता साहकारी, निशा पुन, यमकुमारी थापा कोरोना संक्रमितको पलपलको अवस्था बुझ्दै हेरचाहमा ख’टिएका थिए ।
उनीहरूका अनुसार एक जनाले ३०/४० जना बि’रामीलाई औष’धि खुवाउनुपर्छ । द’बाइ खुवाएर मात्रै कहाँ सुख पाउनु ! बि’रामीको छटपटीले मन पोल्छ । पीपीईभित्रको गर्मी त छँदै छ । वार्डबाट बाहिर निस्किएपछि उनीहरूले ठूलो यु’द्ध जितेजस्तो महसुस गर्छन् । त्यो अनुभूति क्ष’णिक हुन्छ ।
उनीहरूलाई शनिबार अन्य दिनभन्दा ध’पेडी भयो । नयाँ सिफ्टका साथीहरू आउन ढिला गरेपछि पीपीई खोलेर बस्न सक्ने अवस्था रहेन । औ’षधि खुवाएर वार्ड बाहिर अस्पतालको छेउमा राखिएको सोफामा तीन जना नर्स लस्करै थ’कान मेट्दै थिए । त्यही बेला खिचेको तस्बिर शनिबार र आइतबार सामाजिक सञ्जालमा भाइरल बन्यो ।
तस्बिर कसले खिच्यो ? नर्स यमकुमारीलाई अलिअलि याद छ । थ’काइले आँखा खुल्न सकेका थिएनन् । अस्पतालमा चे’कअप राउन्डमा आएका चिकित्सक चन्द्रप्रकाश साहुले ‘तिमीहरूको फोटो खिच्दिऊँ’ भन्दै जि’स्काएका थिए । ‘फेरि हामी भाइरल हौंला है’ भन्दै कोही हाँसेको थियो ।
बर्दियाकी प्रीति घरबाटै आउजाउ गर्छिन् । अस्पतालमा बस्ने ठाउँ छैन । परिवारसित ‘पराई’ भएर बस्नुपरेको छ । अरूलाई को’भिड स’र्न सक्ने भएकाले उनी घर गए पनि छुट्टै बस्छिन् ।प्रीतिलाई मज्जाले परिवारसँग गफ गरेर बस्ने दिन ह’राएजस्तो लाग्छ । साथीभाइ, आफन्त बि’राना भएका छन् ।
अस्पताल र घर आउजाउबाहेक अरू उनको जीवनका उत्सवमय क्षण गौ’ण छन् । उनले भनिन्, ‘निको भएका बि’रामी हेरें भने मात्रै मुस्कान आउँछ ।’ शरीर सन्चो हुँदा काममा ख’टिन उनलाई खासै दु:ख लाग्दैन । जब म’हिनावारी हुन्छ, उनी दोहोरो च’पेटामा हुन्छिन् ।
भाइरल भएको तस्बिरमा प्रीतिको थकानको कथा बेग्लै छ ।पेट दुखेर औ’षधि खाएकी थिइन् । पीपीईले आङका सबै लुगा नि’थ्रुक्कै भि’जेका थिए । ‘औ’षधि खाएर यसो ढ’लेर आराम गर्दै थिएँ,’ प्रीतिले भनिन्, ‘साथीहरूले मायाले सुमसुमाउँदै थिए ।’२३ वर्षीया यमकुमारी माइतीमै बसेर अस्पतालमा ख’टिएकी छन् ।
बिहे गरेको दुई वर्ष भयो । लकडाउनका कारण श्रीमान् उनीसँगै बस्न काठमाडौंबाट आएका छन् । यमकुमारीलाई भने पारिवारिक सम्बन्धतिर सोच्ने फुर्सद छैन ।अस्पतालदेखि घर आउँदा पनि उनको बि’रामीप्रतिको चिन्तन उस्तै हुन्छ । स्टाफ नर्सको एउटा ग्रुप च्याट छ, त्यसैमा कसलाई के स’मस्या छ भनेर रातभरि कुरा हुने उनले सुनाइन् ।
‘घर छु भन्ने मात्रै हो, ध्यान सबै अस्पतालमै हुन्छ,’ उनले भनिन्, ‘नि’द्रामा पनि अस्पताल सम्झिँदै ब’र्बराउँदी रहिछु ।’कालीकोट–२ की सुनीताका श्रीमान् ब्ल’ड क्या’न्सरका कारण दुई महिनाअघि बिते । ६ वर्षको छोरा लिएर भेरी अस्पतालमा ख’टिएकी उनी आफै कोरोना संक्रमित हुन् ।
सुनीताका आँखाअगाडि जब को’भिड संक्रमणले कसैका श्रीमान् म’र्छन्, उनी आफ्नै नियतिसँग तुलना गर्छिन् ।र, सा’हसका साथ आफ्नै कथा सुनाएर मृ’तकका आफन्तलाई सम्झाउन थाल्छिन् । ‘कहिलेकाहीं अरूको घा’उमा म’ल्हम लगाउन आफ्नै घाउ को’ट्याउनुपर्ने रहेछ,’ उनले भनिन् ।
दैलेखकी कमला नेपालीलाई नर्सिङ पेसा जागिरभन्दा पनि धर्म हो भन्ने लाग्छ । त्यसैले परिवारले जागिर छा’डेर घर फर्किन धेरै पटक बोलाउँदासमेत उनी जान सकेकी छैनन् । उनी काम गर्दागर्दै संक्रमित भइन् । तर बि’रामीको सेवा नै उनको औ’षधि बनेको छ ।