मंगलबार ०७ चैत्र २०७९

काठमाडौं । कोरोना संक्रमणका कारण मोरङ जिल्ला बुद्धिचाल संघका पूर्वअध्यक्ष तथा फिडे आर्विटर विजयकुमार थापाको सोमबार ६२ वर्षको उमेरमा विराटनगर हस्पिटलमा दुःखद निधन भएको छ । वि.सं. २०१५ साल मोरङमा जन्मिएका थापाले वि.सं. २०३८ र २०४० सालमा सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा तेश्रो स्थान हात पारेका थिए ।

आँखामा पट्टी बाँधी खेलिने ब्लाईनफोल्ड चेसमा समेत अब्बल रहेका थापा पछिल्ला वर्षमा विराटनगर तथा पूर्वाञ्चलका विभिन्न क्षेत्रमा बुद्धिचाल प्रशिक्षकको रुपमा अभ्यस्त रहेका थिए । उनले नेपाल तथा भारतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताहरूमा निर्णायकको रुपमा काम गरेका थिए ।

त्यस्तै,कोरोना संक्रमणकै कारण ताप्लेजुङ जिल्ला बुद्धिचाल संघका सदस्य समेत रहेका ३३ वर्षीय युवा चेस खेलाडी प्रेमराज हाङ्गम लिम्बूको गएको आइतबार दुःखद नि’धन भयो । १० दिन अगाडि कोरोनाको सामान्य लक्षण देखेपछि घरमै आईसोलेसनमा रहि उपचार गरिरहेका लिम्बुलाई एक्कासी गा’ह्रो भएपछि थप उपचारका लागि झापाको विर्तामोड लाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै ,

कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा आज बिहान १ः४० बजे मृत्यु भएको हो ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित उहाँ कोरोना सङ्क्रमित भएपछि होमआइसोलेशनमा रहेकाबेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर निधन भएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिनुभयो ।

डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानून राज्यमन्त्री, पछि वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री बन्नुभएको थियो । उहाँको आजै अन्त्येष्टि गरिने जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

६८० पटक हेरिएको

तपाईको प्रतिक्रिया