मंगलबार ०७ चैत्र २०७९

नेपाल टेलिकमले अटम अफरमा सुविधा थप गरेर नयाँ ‘इको भ्वाइस प्लस डाटा कम्बो’ प्याक ल्याएको छ। पहिलाकाे अफर अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्याक थियो। सो प्याक अन्तर्गत दैनिक १ जिबी डाटा ७ दिनका लागि २५० र २८ दिनका लागि ८५० मा दिइएको प्याकमा भ्वाइस सुविधा थप गरिएको हो। *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

यस अनुसार उक्त कम्बो प्याकअन्तर्गत २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल गर्न सकिन्छ। प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिन्छ। यसैगरी ८५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल गर्न सकिन्छ।

प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिन्छ। कम्पनीका अनुसार माथि उल्लेख गरिएका सबै दरहरु कर सहितका हुन्। परिमार्जन गरिएको अफर शुक्रबार राति १२ बजेपछि लागू हुने कम्पनीले जानकारी दिएको छ।*****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

५७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया