सोमबार ३१ जेठ २०७८

काठमाडौं,२२ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि भएको छ । भने हाल सम्मकै धेरै ५८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय २० हजार ७५६ पीसीआर परीक्षणमा ८ हजार ६०५ जना र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख ५९हजार ६१० पुगेको छ । त्यस्तै पछिल्लो समय थप १९९३ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८९ हजार ७८३ रहेको छ ।

अहिले देशभर ६६ हजार हजार ३५२ सक्रिय सङ्क्रमित छन् । हालसम्म कोरोनाका कारण तीन हजार ४७५जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

आर्यघाट पुग्दा देखियो भारतमा जस्तै मुटु काम्ने दृश्य देखियो । दिनमै ५५ वटा कोरोनाबाट ज्यान गुमाएका शव आउछन।

१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया