मंगलबार ०७ चैत्र २०७९

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई फेरि अस्पताल भर्ना गरिएको छ । अक्सिजन लेवलमा कमी आएपछि उनलाई पुनः अस्पताल लगिएको हो ।आठ दिन अस्पतालमा उपचारपछि गएको आइतबार मात्रै घर फर्किएका उनलाई ।

भोलिपल्टै फेरि अस्पताल लगिएको उनकी छोरी सराना श्रेष्ठले बताइन् ।बुवा डिस्चार्ज भएर घरमा एक रात मात्रै बस्नुभयो,” उनले भनिन्, “अक्सिजन लेवल ८४ मा झरेपछि भोलिपल्ट नै फेरि अस्पताल लग्नुपर्‍यो र अब अझै केही दिन अस्पतालमा राखेर उपचारमा बस्नुहुन्छ ।

मदनकृष्णलाई दोस्रोपटक अस्पताल भर्ना गराउन खोज्दा आफूहरुले समस्या भोगेको उनले सुनाइन् ।बुवालाई दोस्रोपटक अस्पताल भर्ना गराउन निकै गाह्रो भयो । हामीले एम्बुलेन्सलाई बिहान १०ः३० तिर फोन गरेका थियौँ, आउँदा ३ः३० भइसके को थियो,” उनी भन्छिन्, ।

कारण, बेड मिलाउन त्यत्रो समय लागेछ । कति ठाउँमा कुरा गर्दा बल्ल मिल्यो ।बुवाको लागि त बेड मिलाउन यस्तो गाह्रो भयो भने बाँकी सर्वसाधारण अनि विपन्न वर्गका लागि झन् कस्तो गाह्रो भइरहेको होला, सम्झेरै डर लाग्छ ।

कलाकार श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन देखिएकाले चिकित्सकले केही दिन अस्पतालमै राखेर उपचार गर्ने निर्णय लिएको सरानाले जानकारी दिइन् ।परिवारका बाँकी सदस्य छोरा यमन, बुहारी रिंकु र छोरी सरानाको स्वास्थ्यमा भने पहिलेभन्दा धेरै सुधार भइसकेको उनले बताइन् ।

बुवाबाहेक हामी सबैलाई अहिले धेरै निको भइसकेको छ । दोस्रो परीक्षण पनि गराउने सोचमा थियौँ । तर, बीचमै बुवालाई फेरि अस्पताल लग्नुपर्‍यो त्यसैले अब केही दिनमा मात्रै दोस्रो परीक्षण गराउँछौँ । सम्भवतः मचाहिँ बुवालाई निको भएपछि मात्रै गराउने सोचिरहेको छु,” उनले भनिन् ।

कोरोनासँग फाइट गर्न साह्रै गाह्रो हुनेरहेछ,” उनले थपिन्, “यसले कसैलाई पनि छोड्दैन । त्यसैले सबैजना सुरक्षित हुनुहोला ।”जटिल परिस्थितिमा साथ दिने सबैप्रति उनले आभार व्यक्त गरिन् ।

यस्तो समयमा पनि हामीलाई खानेकुरा ल्याइदिएर हुन्छ कि, फोनमार्फत सन्चो/बिसन्चो सोधेर हुन्छ कि, छरछिमेकी, साथीभाइ, आफन्तहरुले यति धेरै माया दिनुभएको देखेर एकदमै भावुक हुन्छु म त ।

हामीले यति धेरै माया पाउनुको कारण भनेकै बुवा नै हो ।”मदनकृष्ण हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा अक्सिजनको सपोर्टमा छन् ।

२०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया