आइतबार ०६ आषाढ २०७८

काठमाडौँ, २१ वैशाख-नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन शुरु गरिएको छ । उक्त अस्पतालले दैनिक १४० सिलिण्डर उत्पादन क्षमताको ‘डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ सञ्चालनमा ल्याएको हो । यहाँ प्रतिसिलिण्डर ४६ लिटर अक्सिजन क्षमता रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा खपद हुनेभन्दा बढी अक्सिजन उत्पादन हुने भएकाले महामारीको समयमा अन्य क्षेत्रमा माग अनुसार अक्सिजन वितरण हुनेछ । कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिण्डर फिलिङस्टेशन लगायतका उपकरण राखिएको उक्त सिस्टम ‘युनाइटेड नेशन अफिस फर प्रोजेक्ट सर्भिसेज’ (युएनओपिएस) को सहयोगमा करिब रु तीन करोड लागतमा सञ्चालनमा ल्याइएको हो ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले

आज उक्त सिस्टमको निरीक्षण गर्दै यसले काम गर्ने पद्धतिबारे जानकारी लिनुभयो । उहाँले अस्पतालका विभिन्न विभाग कोभिड–१९ बाट सङ्क्रमितको उपचार सेवा, नयाँ थप भएका वेड, पिसिआर परीक्षणस्थल लगायतको समेत निरीक्षण गर्नुभयो ।

९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया