आइतबार १९ मंसिर २०७८

कोही मानिस मेहेनत गरेर धनी हुन्छन् भने कोही मानिस आफ्नै भाग्यका कारण धनी हुने गर्छन् । तर कोही मानिस आफ्नो राशीका कारण धनी बन्ने संभावना पनि हुन्छ । विशेषगरी निम्न ४ राशी हुने मानिसले निकै धन कमाउने गर्छन् भनेर धर्मशास्त्रमा उल्लेख गरिएको छ:

वृष:- धनको सम्बन्ध दोस्रो र आठौं स्थानमा रहेका राशीसँग जोडिएको हुन्छ । यही भएर दोस्रो स्थानमा रहेको वृष राशी हुने मानिसले धन कमाउने योग बढी हुने गर्छ । वृष राशीको गुरू शुक्र भएका कारण पनि यो राशी हुने मानिसहरू आकर्षक र महंगा सामान किन्न सौखिन हुन्छन् ।

वृष राशी हुने मानिसहरू औसत वस्तुलाई त्यति मन पराउँदैनन् । शुक्र ग्रहलाई धन, विलासिता, तथा मोजमस्तीको सूचक पनि मानिन्छ । र यही कारण उनीहरू धन कमाउन निकै मेहेनत गर्ने र कमाउने अवसर खोज्ने गर्छन् । यो राशी हुने मानिसले परिश्रमको महत्व बुझ्नुका साथै मोजमस्ती पनि गर्छन् । साथै वृष राशी हुनेहरू निकै जिद्दी गर्ने र आफूले चाहेको कुरालाई पाएर नै छोड्ने प्रयास गर्छन् ।

वृश्चिक:- वृश्चिक राशी हुने व्यक्तिले भौतिक वस्तुप्रति बढी आशक्ति देखाउँछन् । महंगा सवारी साधन, महल, तथा वस्तुले यी मानिसलाई सधैं आकर्षित गरेका हुन्छन् । वृश्चिक राशी हुने मानिसहरू कुशल व्यापारी हुन्छन् । जीवन तथा संसारलाई हेर्ने दृष्टिकोण पनि अरूको भन्दा फरक हुने गर्छ ।

कर्कट:- कर्कट राशी हुने व्यत्तिहरू सधैं राम्रो अवसरको खोजीमा हुन्छन् । बढी भावुक हुने भएकाले आफन्त र परिवारलाई कसरी सुखी राख्ने भनेर सोचिरहेका हुन्छन् । परिवारको इच्छालाई कसरी पूरा गर्ने भन्नेमा नै यी मानिसले बढी ध्यान दिएका हुन्छन् । यही गुणले गर्दा नै उनीहरू बढी मेहेनती हुने र आफ्नो सपनालाई पूरा गरेर छाड्छन् ।

सिंह:- सिंह राशी हुने मानिसले आफूलाई अरूभन्दा फरक बनाउन खोज्छन् । अरू मानिसले आफूलाई ध्यान देऊन्, आफ्नो प्रशंसा गरून् र आफूलाई आदर्श मानून् भन्ने चाहना हुन्छ । यही भएर आफूसँग भएको क्षमता र गुण प्रस्तुत गर्ने गर्छन् । नेतृत्व गर्ने विशेष क्षमता भएका यी मानिससँग ठूल्ठूला चाहना पनि हुन्छन् । महंगा सवारी साधनमा घुमफिर गर्न चाहने, महंगा मोबाइल प्रयोग गर्छन् । आफ्नो व्यक्तित्वले अरूको ध्यान तान्न खोज्छन् । यस्ता गुण भएका कारण नै उनीहरू धन कमाउन लालायित हुने गर्छन् र कमाउँछन् पनि ।

ज्योतिष शास्त्रका अनुसार १२ राशि हुने गर्दछन् । यी १२ राशि अनुसार व्यक्तिको स्वभाव, चरित्र पनि फरक हुने गर्दछ । राशि अनुसार भविष्य, स्वभाव, चरित्रलाई सजिलै नियाल्न सक्ने ज्योतिष शास्त्रले बताएको छ ।

यस्ता कतिपय राशि पनि छन् जसले अन्य व्यक्तिहरूलाई सजिलै आकर्षण गर्न सक्ने शक्ति दिएको हुन्छ । आज हामी तपाइहरूलाई ती राशिको बारेमा बताउनेछौ जुन राशि भएका युवती देखेर पुरुषहरू फिदा हुने गर्दछन् । यसैले पहिले नै होसियार नभए यी राशि भएका युवतीबाट पुरुष नराम्ररी फस्नपनि सक्छन् ।

वृष राशि : वृष राशि हुने युवतीको व्यक्तित्व निकै आकर्षक हुन्छ । पहिलो भेटमै पुरुषहरू यी राशिका युवतीप्रति आकर्षित हुने गर्दछन् । यो राशिका युवती निकै मेहेनती हुन्छन् र आफूले गरेको काममा सहजै लक्ष्य हासिल गर्छन् । यिनीहरूको बोल्ने शैली एवं सुन्दरताले सबैको मन लोभ्याउन सक्छ । यिनीहरू सौन्दर्य एवं कलाप्रेमी हुन्छन् । कला क्षेत्रमा सजिलै सफलता हात पार्न सक्छन् । यिनीहरूको दिमागमा सदैव थुप्रै योजनाहरू बनिरहेका हुन्छन् ।

मिथुन राशि : मिथुन राशिका युवती झट्ट हेर्दा निकै सुन्दर तथा आकर्षक मानिन्छन् । यिनीहरूको स्वभावले पुरुषहरूलाई सजिलै आकर्षक गर्ने गर्दछ । यिनीहरूको पुरुष साथी अधिक हुन्छन् । महिला मित्रहरू पनि कम हुँदैनन् । यो राशिका युवतीमा अर्काको मनको कुरा बुझ्ने अलौकिक क्षमता हुन्छ । यिनीहरू बहुमुखी प्रतिभाका धनी तथा चलाखीपूर्ण तरिकाले काम गर्ने खालका हुन्छन् । यिनीहरू दिमाग लगाउनुपर्ने वा बुद्धिसँग सम्बन्धित काममा बढी सफल हुन्छन् ।

वृश्चिक राशि : वृश्चिक राशिका युवतीको स्वभाव, व्यवहार एवं चालचलन आकर्षक मानिन्छ । यिनीहरूमा अर्काको मनको कुरा थाहा पाउने क्षमता हुन्छ । यो राशिका युवती हेर्दा बढी सुन्दर नभए तापनि यिनीहरूमा एक किसिमको फरक चुम्कीय आकर्षण हुन्छ । यिनीहरूको कुराकानी गर्ने आफ्नै प्रकारको विशेष शैली हुन्छ । यो राशिका युवती बहादुर तर भावुक हुन्छन् । यिनीहरूको मस्तिष्क तीक्ष्ण हुन्छ । यिनीहरूलाई कसैले पनि सजिलै बेवकुफ बनाउन सक्दैन । यिनीहरुलाई सबै कुरामा सफा चाहिन्छ । एजेन्सीको सहयोगमा

६८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया