मंगलबार १४ मंसिर २०७८

धनगडी – ६ दिन अगाडि यसरि पोस्ट गर्दै हुनुहुन्थ्यो लक्ष्मण भट्ट बाच्न का लागि, हिजो सन्सार छोडेर जानुभयो हार्दिक श्रध्दाञ्जलि ब्रो। तिम्रो आत्मा ले शान्ति पाओस्। ए नेपाल सरकार तिमिहरु पार्टि गर, लकडाउन मात्रै गर। यसै गरि हामि जनता को मृ’त्यु हुदै राख्नेछ । सामाजिक सञ्जाल बाट लिइएको । *भिडियो हेर्न तल क्लिक गर्नुहोला**

महामारीको भयावह अवस्था आउन नदिन यी पाँच उपाय अपनाऔँ ‘!! पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको छ । यो वृद्धिदर विश्वकै उच्च हो । अहिले विश्वमा कोरोना सङ्क्रमणको वृद्धिद्धर १० प्रतिशत छ । नेपालको छिमेकी देश भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ ।

यस्तै नेपालमा परीक्षण गरिएका नमुनामध्ये ३० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको र यसको अर्थ हाम्रो समुदायमा सङ्क्रमण व्यापक भइसकेको बुझ्न सकिन्छ । नेपालमा अहिले देखिएको सङ्क्रमण दरलाई भयावह अवस्था ज्यादै नजिक रहेको सङ्केतका रूपमा बुझ्नुपर्छ । सङ्क्रमण दर बढेसँगै मृत्युदर पनि बढेको छ । अहिलेकै हिसाबले सङ्क्रमित बढ्दै जाने हो भने अबको तीन महिनामा झण्डै दुई लाख जनामा सङ्क्रमण हुन सक्छ ।

यस्तै अहिलेजस्तै गरी मृत्युदर पनि बढ्दै जाने हो भने अबको केही हप्तामा दैनिक एक सय ५० जनासम्मको ज्यान जान सक्ने अवस्था आउन सक्छ । सावधानी नपनाएमा नेपालमा भारतको जस्तै बिडम्बनापूर्ण अवस्था पनि आउन सक्छ । अवस्था नियन्त्रणका लागि हामीसँग धेरै समय बाँकी छैन । तत्काल यी पाँच उपाय अपनाएमा कोरोना भाइरसको दोस्राे लहरलाई नियन्त्रणमा राख्न सकिन्छ–

१) स्व–घोषित लकडाउन र सामाजिक दुरी
अब फेरि लकडाउन कहिले हुन्छ भनेर पर्खेर बस्ने अवस्था अहिले छैन । कोरोना भाइरसको पहिलो लहरमा जसरी जीवन बिताएका थियौँ, अहिले पनि त्यसरी नै सावधानी अपनाउनुपर्छ । घरबाहिर निस्कनु हुँदैन । यसले गर्दा समुदायमा थप कोरोना फैलन पाउँदैन । सामाजिक दुरीले एकबाट अर्कोमा कोरोना सर्ने दर घटाउँछ तर दुरी कायम नगर्दा सङ्क्रमितको सङ्ख्या छोटो समयमा नै बढ्छ र राष्ट्रिय स्वास्थ्य प्रणालीको क्षमतामा भार पर्न जानुका साथै अक्सिजन नपुग्नेजस्ता समस्या आउँछ । लकडाउन गरे स्वास्थ्य प्रणालीमा त्यति धेरै भार पर्दैन । कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर न्यूनीकरण हुन्छ । साथै स्वास्थ्य सेवा प्रणाली र स्वास्थ्यकर्मीमा बोझ र दबाब कम हुन्छ ।

२) शङ्का लागेमा समयमा नै कोभिडको जाँच गर्ने
समयमा नै कोरोनाको जाँच गर्दा सम्पर्कमा आएकाहरूलाई पत्ता लगाइ चेन ब्रेक गर्न सकिन्छ । नजानिकनै अरूमा सर्ने सम्भावना कम हुन्छ । यस्तै समयमा नै उपचारको व्यवस्था गर्न सकिने हुँदा मृत्युको जोखिम पनि कम हुन्छ । समयमै महामारीको दोस्रो लहरबाट बच्न केस इन्भेस्टिगेशन र कन्ट्याक ट्रेसिङ गर्न सके थप ८५ प्रतिशतलाई जोगाउन सकिन्छ ।

३) होम आइसोलेशनको सुदृढीकरण
घरमै बसेर नियमित रूपमा कोरोनाको चिह्न र लक्षणहरू निरीक्षण गर्ने, रगतमा अक्सिजनको मात्र मापन गर्ने, कल सेन्टरमार्फत् होम आइसोलेशनमा हुनेहरूको नियमित परीक्षण गर्ने गर्नुपर्छ । अक्सिजनको मात्रा ९२ प्रतिशतभन्दा कम भएमा तुरुन्तै अस्पताल जानुपर्छ ।

४) स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुको तयारी
कोरोनाका बिरामी व्यवस्थापनको तयारी गर्नुपर्छ । कन्ट्याक्ट ट्रेसिङका लागि समन्वय गर्ने गर्नुपर्छ । स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक बाहेक अन्य सेवा रोकेर कोभिडको दोस्रो लहरको तयारी गर्ने गर्नुपर्छ ।

५) समुदाय र सम्बन्धित निकायको तयारी
अक्सिजनको व्यवस्था हुने गरी ठूला–ठूला आइसोलेशन सेन्टरकाे व्यवस्थापन गर्नुपर्छ । उदाहरणका लागि:- बङ्गलादेशको ढाकामा रहेको बासुन्धरा कन्भेन्शन सेन्टरलाई सन् २०२० मे मा कोभिड–१९ को आईओएसलेशन अस्पतालमा परिणत गरिएको थियो । यस्तै अप्रिल २०२० मा जर्मनीको इबर्सबर्गमा कोरोनाका बिरामीहरूको उपचारका लागि खेलकुद हललाई अस्थायी अस्पतालमा परिणत गरिएको थियो ।

नेपालमा महामारीको केही हप्तामै स्रोत, साधनले धान्नै नसक्ने अवस्था पनि आउन सक्ने भएकाले अहिलेदेखि नै यी उपाय अवलम्बन गर्नुपर्छ । यसका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच समन्वय हुन पनि आवश्यक छ । अक्सिजनको बेलैमा व्यवस्थापन गर्नुपर्छ । पार्टी प्यालेस तथा हलहरूलाई केही समयका लागि अस्पतालका रूपमा रूपान्तरण गर्नुपर्छ । यो काम अबको एक हप्ताभित्र गर्न सकेमा हजारौँ नागरिकको ज्यान बचाउन सकिन्छ । (डा. विराजमान कर्माचार्यले आइतवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिनुभएको प्रस्तुतिको सम्पादित अंश ।)

३२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया