आइतबार १९ मंसिर २०७८

आज देशका केही स्थानमा हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन सम्बिन्धत सबैलाई मौसमविद्ले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी सुदूरपश्चिमसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

‘गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ,’ मौसमविद्का अनुसार‘यसअन्तर्गत काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुन सक्छ।’

मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

अहिले प्रिमनसुन हो। यस अवधिमा भारी वर्षा खासै हुँदैन। तर यसपटक भारी वर्षाको समेत सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। उनका अनुसार प्रिमनसुन अन्त्य भएर मनसुन (वर्षा याम) आउन अझै एक महिनाजति नै बाँकी छ। ‘यसपालि मनसुन पनि अलि चाँडै भित्रिएलाजस्तो संकेत देखिएको छ,’ उनले भनिन्।

२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया