एजेन्सी । एक ५८वर्षीया महिलाको स्वास्थ्य बिग्रिएको थियो। उनको कोविड परीक्षणको रिपोर्ट नकरात्मक आयो। तर जब परिवार उनलाई लिएर घर फर्कदै थिए महिलाको बाटोमै निधन भयो । रिपोर्ट नेगेटिभ आएपनि कोरोनाको आशंकाको कारण परिवारले उनको शरीर गाडीमा छोडेर हिँडे । अर्को दिन, मुस्लिम समुदायका व्यक्तिहरूले उनको अन्तिम संस्कार गरे। धर्म जेसुकै होस्, तर रगत सबैको रातो छ।
भारतमा अहिले सबै राज्यले कोरोना ुमहामारीु को सामना गरिरहेको छ । तर यस्तो राष्ट्रिय विपत्तीको समयमा अप्ठेरोमा परेकाहरूलाई सहयोग गर्ने भावना पनि देखिएको छ । सामाजिक भाईचाराको त्यस्तै सान्त्वनादायी तस्वीर बिहारको गया जिल्लाबाट आएको हो । इमामगंज ब्लाक अन्तर्गत रानीगञ्ज पञ्चायतको तेतरिया गाउँकी ५८ वर्षीया महिला प्रभावती देवी विगत केही दिनदेखि बिरामी थिइन्। उनको रानीगंजको निजी अस्पतालमा उपचार भइरहेको थियो।
अचानक, उसको स्वास्थ्य शुक्रवार बिग्रेको थियो र यो देखेर त्यहाँका चिकित्सकहरूले उक्त महिलालाई कोरोना जाँच गर्न सल्लाह दिए। इमामगंज सामुदायिक स्वास्थ्य केन्द्रमा प्रभावतीको कोरोनाको परीक्षण गरीयो। उनको रिपोर्ट नेगेटिभ आयो । उनलाई गाडीमा राखेर परिवारका सदस्य घर फर्कदै थिए । उनको वाटोमै निधन भयो । डरले परिवारका सदस्यहरू मृ त शरीर गाडीमै छोडेर हिँडे ।
भोली पल्ट सम्म पनि उनीहरु फर्किएनन् । महिलाको शव एक दिनभरी गाडीमै रहीरह्यो । जब मुस्लिम समाजका केही व्यक्तिलाई यो कुरा थाहा पाए । तिनीहरू परिवारका सदस्यहरूलाई सान्त्वना दिन आए। उनले गाडीबाट प्रभावतीको शव वाहिर निकाले ।
मुस्लिम समुदायका युवाहरु अगाडी सरेपछि उहाँसँग प्रभावतीका पति दिग्विजय प्रसाद र उनका दुई छोरा निर्णय र विकास पनि काममा लागे । प्रभावतीको शवलाई त्यसपछि घाटमा ल्याइयो । शवलाई मुस्लिम युवाहरुले काँध दिए । उनीहरुले राम नाम सत्य हो भन्दै प्रभावतिको शव बोकेका थिए ।
प्रभावतीका छोरा निर्णय कुमार र विकासका अनुसार आमाको अन्तिम संस्कारमा मुस्लिम युवाहरु मोमो हम्मद रफीक, मो कलामी, मो लादेन र मो शारिकले उनलाई धेरै सहयोग गरे । त्यसका लागि उनीहरुले धन्यवाद पनि दिए । मो रफीकले यस घटनाको बारेमा भने कि ूअरु मानिसहरुलाई समस्यामा पर्दा मानिसले नै सहयोग गर्नुपर्छ । हामीले जे गर्र्यौ यो हाम्रो कर्तब्य थियो । समाजमा सबै एक अर्काको सुख दुखमा एकसाथ बस्नुपर्दछ, धर्मको आधारमा भेदभाव गर्नु हुँदैन ।