बुधबार २९ बैशाख २०७८

पूर्वाञ्चल धेरै प्रतिभा जन्माउने क्षेत्र । यो क्षेत्रबाट नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा धेरै प्रतिभाहरु जन्मिएका छन् र आफूलाई स्थापित गरिसकेका छन् ।पूर्वाञ्चलकै भद्रपुरबाट नेपाली सांगीतिक क्षेत्रमा करिअर बनाउने सपना बोकेर १७ बर्षिया गायिका मेलिना मैनाली अहिले काठमाण्डौमा दौडधुप गरिरहेकी छिन् ।उनले १५ बर्षको उमेरमा गाएको ‘छोटा छ जिन्दगी’ बोलको गीत चर्चामा आएपछि उनलाई खोज्नेहरुको संख्या बढे । दर्शक–श्रोताले समेत राम्रो स्वर भनिदिएपछि फुरुङ्ग परेकी यी गायिकाले काठमाण्डौ आएको २ महिनामै ८–९ वटा गीतमा स्वर भरिसकेकी छिन् ।

यसैबिच भ्वाईस अफ नेपालमा प्रतिस्पर्धीको रुपमा रहेपछि मेलिनाको चर्चा बढेको छ । उनले व्लाईन्ड अडिसनमा आउ है माया बोलको गीत गाएकी थिईन्, जुन गीतलाई सबैले रुचाएका थिए । त्यसपछि व्याटल राउण्डमा पनि उत्कृष्ठ प्रस्तुति दिदै मेलिनाले अर्का प्रतिस्पर्धीलाई पछारिन् । मेलिनाले गाएको गीत यतिबेला टिकटकमा पनि हिट छ । भिडियो हेर्नुस

६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया