मंगलबार २८ बैशाख २०७८

काठमाडौ । समाजमा अहिले विवाहेत्तर सम्बन्धका कारण अहिले धेरैको परिवार विग्रिएको छ । एक जना विवाहित र छोराछोरीका बुवाले अविवाहित युवती लिएर हिँडे । प्रहरी कार्यालयमा लिएर गएका यि जोडीले बरु प्रहरी कार्यालयमा बस्छौं तर एक अर्काको साथ छोड्दैनौं भनेका छन् । छोराको वुवा समेत भइरहेका ति श्रीमानले बरु म जेल बस्छु आधा अंश दिन्छु म उसंग बस्न सक्दिन भनेको सुनिन्छ ।

गाडी चालक रहेका उनले घरमा श्रीमती र छोरा हुँदा हुँदै अर्की युवती लिएर आएपछि उनलाई प्रहरी कार्यालयमा लिएर गए । प्रहरी कार्यालयमा सानो छोराले रुँदै गरेको बिलौनाले सबैको मन कुँडिन्छ । श्रीमानले सौता ल्याएको सहन नसकेर आमा रोएको देखेर सानो छोराले आमाको आँशु पुछ्दै आमा नरुनु न भन्दै फकाएको दृष्य वास्तवमै निकै पी डादायी छ ।

विवाहित र छोराको बुवासंग भा गे की ति युवतीले पनि कुनै हालतमा पनि साथ नछोड्ने बताइन् । म उ संग हिडिसकेँ अब जेल बस्न परेपनि संगै बस्छु उनले भनिन्, उसले खान पनि दिन्थिनन् । गाडी चलाएर घर आउँदा उनलाई संधै भोकै बस्नु परेको थियो । माया लागेर मैले विवाह गरेँ युवतीले भनिन् । विवाहित पुरुषसंग जाने युवती चिनेजानेकै भएको र उनीहरुको सम्बन्ध नराम्रो छ भन्ने आफुलाई थाहा भएको बताएकी छन् ।

७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया