बुधबार १५ चैत्र २०७९

काठमाडौं। भोलिदेखि उपत्यका छाड्न नपाइने भएको छ । थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै उपत्यकाका तीनैवटा जिल्ला प्रशासनले यस्तो नियम ल्याएका हुन्। निषेधाज्ञा उल्लंघन गर्दै उपत्यका बाहिर जान नपाइने उनीहरुको निर्णय छ । काठमाडौं उपत्यका छोड्नैपने भएमा स्थानीय तहको सिफारिस अनिवार्य हुनुपर्ने निर्णय गरिएको छ।

मंगलबार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । जारी निषेधाज्ञालाई थप कडा बनाउनेसहितका नियम उनीहरुले ल्याएका छन्। उपत्यकाबाहिर जानको लागि सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा मात्र जान दिने सीडीओहरुको निर्णय छ।

७०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया