बुधबार २९ बैशाख २०७८

धरान । धरान उपमहानगरपालिकाको न्यायपालिका सदस्य विकास बनेपाली को’भिडलाई ह’राएर घर फर्किएका छन् । लगातार ११ दिन अक्सिजनको सहारामा बसेका उनी अहिले निको भइसकेका छन् । तर, अस्पताल बसाइमा उनले भोगेको अनुभव यु’द्धजत्तिकै क’ठिन छ ।

‘मेरो छे’वैमा थुप्रै संक्रमितको मृ’त्यु भयो । एकछिन अघिसम्म आफूजस्तै जिउने चाहना राखेको मान्छे, एकैछिनमा श’वमा परिणत भएको हुन्थ्यो । आँखा घरीघरी श’वतिरै जान्थ्यो । निकैबेरसम्म श’व नि’कालिँदैनथ्यो । कहिले त दिनभर पनि ला’स उठ्दैनथ्यो ।

त्यो देखेर आखिर म पनि म’र्ने त हुँ भन्ने डर लाग्थ्यो । मृ’तकको आ’डमा आफ्नो पनि पालो कुरेर बसेजस्तो लागिरहन्थ्यो,’ बनेपालीले भने, ‘सुन्नेले यो पी’डा महसुस गर्न नसक्लान्, तर गम्भीर संक्रमितले भित्र निकै ठूलो ल’डाइँ ल’ड्नु परिरहेको छ ।’

उनले बि’रामीको मनोविज्ञानलाई पनि ख्याल गरेर उपचार गर्न सके अझै धेरैलाई बचाउन सकिने सम्भावना व्यक्त गरे । ‘अरू बेडका बि’रामीले थाहै नपाउने गरी तत्कालै श’व व्यवस्थापन गर्नुपर्ने हो । तर, बिपीमा त्यस्तो भइरहेको छैन,’ उनले थपे, ‘मैले ११ दिन अक्सिजन बेडमा रहँदा आठवटा श’व देखेँ ।

पटकपटक म आ’त्तिएँ । परिवारका सदस्य भेट्न नपाउने भएँ, अन्तिम सास फेर्दा परिवारका कोही नहुने भए भन्ने त्रा’सले लगातार लखेटिरहन्थ्यो । अरूको लास हेरेर म बाँ’चेँ । मनोबल उच्च बनाउन नसकेर कतिले ज्यान गु’माएका पनि होलान् ।’सोही अस्पतालमा गत मंसिरमा १६ दिन उपचार गरेर फ’र्किएका उदयपुर चौदण्डीगढी नगरपालिकाका मनोज राईको पनि भो’गाइ त्यस्तै छ ।

‘आँखैअगाडि भ’काभक मान्छे मरेको देखँे । मन आत्तिन्थ्यो । म पनि काल प’र्खेर बसेको मात्र हुँजस्तो लाग्थ्यो,’ उनले सुनाए, ‘एकपटक सप्तरी घर भएका एक वृ’द्धको श’व आठ घन्टासम्म पनि बे’डमै राखिएको थियो । म आफूलाई अस्पतालमा होइन, मु’र्दाघरमा छुजस्तो लाग्थ्यो ।’

कोरोनाको पहिलो महामारीका वेला बिपी प्रतिष्ठानमा बेड नपाएर झन्डै १५ जनाको ज्यान गएको थियो । त्यसवेला पनि शव व्यवस्थापन छ’रितो थिएन । मृ’त्यु भइसकेकाहरू बेडमै रहने, ग’म्भीर संक्रमितहरू बे’ड नपाएर छ’टपटिएरै म’र्नुपर्ने अवस्था हिजो पनि थियो । अहिले बिपी प्रतिष्ठानमा ग’म्भीर संक्रमितको संख्या धा’न्नै नसक्ने गरी बढिसकेको छैन ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहका अनुसार हाल आठजना आ’इसियू बेड, २२ जना ए’चडियू बेड र १५ जना साधारण बेडमा उपचार गराइरहेका छन् । प्रतिष्ठानमा जम्मा १५ वटा आ’इसियू बेड छन् । आ’इसियू बेडमा भे’न्टिलेटरसहितको सुविधा छ । एचडियू बेडमा अक्सिजन जडान गरिएको छ ।

तर, एक सय बेड क्षमता भएको प्रतिष्ठानमा पछिल्लो समय बि’रामीको चाप बढ्दै छ । हाल भर्ना भएका प्रायजसो बि’रामी जटिल अवस्थाका रहेको प्रतिष्ठानका सहप्रवक्ता डा। चूडामणि पोखरेलले बताए । यो अवस्था बढिरहँदा श’व व्यवस्थापनमा हिजोकै जस्तो कमजोरी हुने हो भने उपचार अ’भावमा धेरैले ज्यान गु’माउनुपर्ने अवस्था आउन सक्छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया