आइतबार १९ चैत्र २०७९

वैशाख ११ नयाँ बसपार्कस्थित बिजी पाटी प्यालेसमा बैवाहिक कार्यक्रमले रौनकता थियो । कोरोना भाइरस महामारीकाबीच नै नुवाकोट पञ्‍चकन्या ४ थप्रेक (हाल मनमैंजु काठमाडौं बस्ने) का ध्रुवराज केसी र श्रीमती सुशीला केसी दम्पतीले उक्त पार्टी प्यालेसमा छोरीलाई कन्यादान दिने कार्यक्रम राखेका थिए । स्वास्थ्य सुरक्षा मापदण्ड ख्याल गर्दै केसी परिवारलाई बिहानैदेखि चटारो थियो अनि उनीहरुका इस्टमित्रलाई पनि विवाहमा सरिक हुने ।

करिब समयमै भेला भएर लगन छोप्दै वैवाहिक कार्यक्रम अगाडि बढाइयो । दुलही शिला केसीको गोरखा जिल्लाका भीमबहादुर गुरुङ र मन्सरी गुरुङका छोरा सोनामसँग विवाह हुँदै थियो । उनलाई सोही दिन गोरखा पुर्‍याउने निधो थियो पारिवारिक स्रोतका अनुसार । विवाहको विधि, संस्कार पूरा हुन नपाउँदै नवदुलही शिलालाई मण्डपमै एक्कासी ज्वरोले च्याप्यो ।

शिलालाई उच्च ज्वरो देखिएकोले हत्त न पत्त अनमाइयो । गोरखा पुर्‍याउनु पर्ने बेहुलीलाई औपचारिकता पूरा गर्न काठमाडौंमै बेहुलाको आफन्तकोमा भित्र्याए । हतारहतार सामाखुसीस्थित बीपी स्मृति अस्पतालमा भर्ना गरिएको थियो । तत्काल जाँच अगाडि गर्दा शिला कोरोना भाइरस संक्रमण पुष्टि भयो । २७ वर्षकी शिला उमेर र स्वस्थताका हिसाबले कोरोना जित्ने अनि पराइघरमा भित्रिने केसी दम्पतीको आशा थियो । दुर्भाग्य, शीला अस्पताल भर्ना भएको ८ औं दिनमा शनिबार वैशाख १८ गतेका घर फर्किनन्, सदाका लागि बिदा भइन् ।

रसुवामा एक संक्रमितको ज्यान गयो

रसुवामा एक जना कोरोना संक्रमितको ज्यान गएको छ । ती संक्रमितको नुवाकोटस्थित त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्रिशुली अस्पतालका अनुसार मृत्यु हुनेमा ५३ वर्षिय सानुकान्छा तामाङ रहेका छन् । उनको एनटिजिन परिक्षण पोजेटिभ देखिएको थियो भने पिसिआरको रिर्पाट आउँन बाँकी रहेको उल्लेख छ ।

३८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया