मंगलबार १९ साउन २०७८

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले आफु प्रेममा रहेको खुलासा गरेकी छिन् । केही समय अगाडि उनी आफैंले प्रेममा नरहेको र बिहेको बिषयमा नसोचेको बताएकी थिइन् । केही महिना अगाडि इन्दिराले प्रेममा नरहेको बताएपनि उनी २ बर्षदेखि प्रेममा रहेको खुल्न आएको छ ।

इन्दिरा आफैले सामाजिक सञ्जाल इन्टाग्राममा स्टाटस लेख्दै २ बर्षदेखि आफू प्रेममा रहेको खुलासा गरेकी हुन् । इन्दिराले लेखेकी छिन्, ‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं ।

जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’ इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका हुन् । इन्दिराले प्रेमीको तस्वीर भने सार्वजनिक गरेकी छैनन् । उनले प्रेमी को हुन् भनेर पनि खुलाउन मानेकी छैनिन् ।

१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया