मंगलबार ०७ चैत्र २०७९

एजेन्सी । मण्डपमा बेहुला बेहुली बसिरहेका थिए । विवाहको कर्म भइरहेको थियो । त्यसैमा वेहुलीले चुनाव जितेको समाचार मण्डपमा आइपुग्यो । उनले (बीडीसी) गाउँ विकास समिति सदस्यको रूपमा पञ्चायत चुनाव जितेको खबर पाइन् उनले त्यो खुसी सम्हाल्न सकिनन् । उनले विवाह छोडेर हिडिन् । दुलहीले बिहेको समारोह बीचमा रोकेर सिधै मतगणना स्थल पुगीन् ।

यो घ’टना रामपुरको मिलाक तहसीलको मोहम्मदपुर जाडिद गाउँको छ। जहाँ यूपीको बरेलीबाट जन्ती आएको थियो। विवाह मंडप सज्जित थियो र दुलही पूनम उनको विवाह समारोहमा सरिक भएकी थिइन् । उनलाई त्यती नै बेला थाहा भयो उनले पञ्चायत चुनाव जितेकी छन् । त्यसैले उनको खुशीको सिमाना नै रहेन उनी विवाह समारोह रोकेर सीधै मतगणना स्थलमा पुगीन् ।

उनी मतगणनास्थलमा रातो बेहुलीको लुगा र गहनाले झकिझकाउ भएर पुगेकी थिइन् । उनलाई यस्तो रुपमा देखेर सबै छक्क परे । तर जब मानिसहरूले थाहा पाए कि दुलही बीडीसी सदस्यको चुनावमा खडा छिन् र उनी विजयी पनि भइन् सबैले बधाई दिन थाले । पंचम चुनावमा पूनमले ६०१ मत ल्याई आफ्नो प्रतिद्वन्द्वी शकुन्तलालाई ३१ भोटले पराजित गरिन् ।

८५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया