हास्यकलाकार बान्द्रे(सुरज चापागाईं) अचेल मेरि बासैमा देखिदैनन् ।डेढ दशक अगाडि कलाकारिता सुरु गरेका उनी मेरि बासैबाट आम जनता समक्ष चिनिए ।जुन टेलिफिलिमले उनलाई दर्शकमाझ चिनायो त्यहि टेलिफिल्ममा उनी नदेखिनुको कारण के हो त ?
चार बर्ष पहिला उनै बान्द्रे बिवाह बन्धनमा बाधिए ।बैवाहिक जिवनमा जोडिएपछि भने उनी कलाकारितासगै अर्को पेशातिर एकदमै आकर्षित भए ।कलाकारिता छोडेर कृषि पेशामा होमिएका बान्द्रेले महिनाको लगभक चारदेखि पाच लाख आम्दानि गरिरहेका छन् ।
आजको यश शृङ्खलामा तिनै बान्द्रे जो तपाईं हामी सबैको प्रिय पात्र हुन् जो निकै लामो समयपछि मिडियामा आइ आफ्नो सम्पूर्ण जानकारी सहित विशेष भिडियो पेश गर्दछौ ।कृषिलाई आफ्नो कर्म ठानेर यसरी लागिपरेका बान्द्रे यानकि सुरज चापागाईलाई हाम्रो टिम सम्मान गर्दछ ।
गरे के हुँदैन र ? भन्ने उखानलाई मेरी बास्सैका बान्द्रेले सत्य साबित गरिदिएका छन् । बान्द्रेलाई नचिन्ने सायदै नहोलान् । उनै चर्चीत हास्य कलाकार बान्द्रे यतिबेला बट्टै तथा टर्कीको व्यावसाय गरिरहेका छन् । बान्द्रेलेले यो व्यावसायमा करोडौंको लगानी गरेको बताएका छ्न ।
उनको फर्ममा अहिले १० हजार बट्टै रहेका छन् । एउटा बट्टै २ सयदेखि ३ सय ग्राम सम्मको हुन्छ । र उक्त बट्टै १ सय ३० रुपैयामा बिक्रि हुने गरेको छ। यो हिसाब अनुसार बान्द्रेको फर्ममा १३ लाख बराबरको त बट्टै मात्रै रहेका छ्न ।यति मात्रै नभई बान्द्रेको फर्ममा बट्टैको अण्डा पनि बिक्रि हुने गर्दछ ।
उनको फर्ममा बट्टैले दैनिक ८ हजार सम्मको अण्डा पार्ने गरेको उनी बताउँछन् । उनले बट्टैको एउटा अण्डालाई १० रुपैयामा बिक्रि गर्ने गरेको बताएका छ्न ।यस हिसाबमा उनले बट्टैको अण्डाबाट मात्रै दैनिक ८० हजार कमाउने गरेका छन् । यसरी अण्डाको मात्रै हिसाब गर्दा सुरजले महिनामा झन्डै २४ लाख भन्दा बढी कमाउने रहेछन् ।
जति लगानी त्योभन्दा दोब्बर आम्दानी गर्ने सुरज आफ्नै व्यावसायमा व्यस्त मस्त छन् । र उनी यो व्यवसायी प्रती निकै नै खुसी पनि रहेका छ्न ।त्यसैगरी उनको फर्ममा ५ सय भन्दा बढी टर्कीहरु समेत रहेका छन। एउट टर्की १० देखि १५ किलोभन्दा बढीको हुँदो रहेछ ।
एउटा टर्की बेच्दा १२ देखि १४ हजारसम्म पर्ने रहेछ । सुरजको भनाई अनुसार उनको फर्ममा ६५ देखि ७० लाख बराबरको टर्की त मात्रै रहेछ । यसका साथै सुरज अर्थात बान्द्रेले केही कुखुराहरु समेत पालेका छन् ।पुर्ण रुपमा बट्टै तथा टर्की व्यावसायी बनेका सुरजले(बान्द्रे) ती प्रजातिकालागी व्यवस्थित खोरको व्यवस्था गरेर यतिबेला आफ्नै व्यावसायमा ब्यस्त देखिन्छन् ।
फर्म खोल्ने योजना कसरी दिमागमा आयो ? अहिले व्यावसाय कस्तो भईरहेको छ अब भावी योजनाहरु के रहेका छ्न भन्ने विषयमा सुरज यसो भन्छन ।भिडियो