एक व्यक्तिले युट्युबमा भिडियो लाइभ गरेर आफ्नो गर्लफ्रेण्डको ह त्या गरेका थिए । अहिले ती ह त्याराका साथै उनले लाइभ गरेको भिडियो हेर्नेहरुलाई समेत जे ल सजाय भएको छ । स्तानिस्लाभ रेसेत्निकोभ नाम प्रयोग गर्ने ३० वर्षका स्टास रिफ्ले नामका ती रुसी युट्युबरलाई दो षी ठहर गर्दै ६ वर्ष दुर्गममा क डा नि र्वास नपछि मृ त्युद ण्डको स जा य सुनाइएको छ ।
२८ वर्षकी भ्यालेन्टिना ग्रिगोर्येभालाई लाइभ अनलाइन भिडियोमा या तना दिइएको देखिएको थियो । जाँचमा उनको टाउकोमा चो ट लागेका कारण मृ त्यु भएको पाइएको थियो । उनलाई लाइभ भिडियोमा या तना दिइरहेका रेसेत्निकोभलाई भिडियो हेर्नेहरुले अरु गा ली गलौ ज गर्न र शारीरिक या तना दिनको लागि पैसा दिएका थिए । भिडियोको अन्त्यमा उनको मृ त्यु भएको थियो । आश्चर्यजनक रुपमा रेसेत्निकोभ मस्को अदालतमा उपस्थित हुँदा उनकी आमाले उनलाई कि स गरेको देखिएको थियो ।
यो पनि, कर्मचारीलाई कोरोना देखिएपछि टोखामा अत्यावश्यकबाहेकका सेवा बन्द
टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी वैशाख ३० गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो ।
नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले नगरपालिका तथा वडाका जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण देखिएकाले वैशाख ३० गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको बताउनुभयो । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी आदेश पूर्ण पालना गर्न, घरबाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न, कम्तीमा दुई मिटर सामाजिक दूरी कायम गर्न नगरवासीलाई आग्रह गरेको छ ।
यस्तै नियमितरूपमा साबुनपानीले हात धुन, सेल्फ क्वारेन्टिनलाई निरन्तरता दिई आफू पनि बाँच्न र अरुलाई पनि बचाउन अनुरोधसमेत गरेको छ । टोखाले बढ्दो कोरोना सङ्क्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको छ । नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
“अक्सिजन थेरापीसहित आइसोलेसन केन्द्र स्थापना भएसँगै अक्सिजन मात्रा कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ”, उहाँले भन्नुभयो । यसअघि टोखाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि वडा नं २ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामी राख्ने व्यवस्था गरेको थियो । सोही स्वास्थ्य केन्द्रमा आगामी दिनमा पनि बिरामीको उपचार गरिने नगरपालिकाले जनाएको छ ।