आइतबार १९ चैत्र २०७९

सन्तान जन्माउनका लागि हिन्दू धर्म दर्शनमा विभिन्न तर्कहरु उल्लेख गरिएको छ । विशेषत वेदमा छोरा वा छोरी जनमाउनका लागि गरिने विभिन्न विधि, ब्रतको उपाय अपनाइएको छ । कोही सन्तान नभएर, छोरा नभएर र त कोही छोरी नभएका कारण चिन्तत हुनुहुन्छ भने शास्त्रमा उल्लेख गरिएका विधि प्रभावकारी हुने आस्तिकहरुको विश्वास छ । यसका लागि हिन्दू धर्म दर्शनमा महत्वपूण मानिने वेदमा केही व्यवस्था गरिएको छ ।

छोरो जन्माउने विधि

छोरो जन्माउन पुरुषसंज्ञक सूर्य, मङ्गल र बृहस्पतिको लग्नमा वा पुरुष सन्तान गराउने ग्रह पाँचौँ स्थानमा रहेको वा उक्त स्थानलाई देखेको बखतमास बिजोर राशिको अंशमा चन्द्रमा रहेको बखतमास ऋतुस्नान गरेको दिनबाट जोर रात ९४, ६, ८, १०, १२, १४, १६० मास पुंसज्ञक तिथिको रातमास पुंसंज्ञक राशिको लग्न अर्थात् मेष, मिथुन, सिंह, तुला, धनु र कुम्भ राशिको लग्न–नवमांशमास पुरुषसंज्ञक बार अर्थात् आइत, मङ्गल र बृहस्पति बारमास शुभ लग्न अर्थात् वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, धन र मीन लग्नमास आठौं स्थान शुद्ध र शुभग्रहले देखेको वा रहेको बेलामास लग्नको चारौं, सातौं दशौं, पाँचौं र नवौं स्थानमा शुभग्रह रहेको र तेश्रो, छैटौं र एघारौं स्थानमा मङ्गल, शनि, राहु र केतु रहेको बखतमास पुंग्रहहरूले देखेको लग्नमास बिजोर राशिमा चन्द्रमा रहेको बेलामास ऋतुस्नानका उत्तरार्धका समरात्रिमा ग’र्भाधा’न गर्दा छोरो जन्मिन्छ (मु।चि। सं।प्र। श्लोक ७, पीयूषधारी टीका पृ। २३०० )

बिजोर राशिको वर्ग पाँचौँमा रहेको र शुक्रलाई चन्द्रमाले नदेखेको मुहूर्तमा ग’र्भाधा’न गर्दा पनि छोरो नै हुन्छ ९बृहज्जातक निषेका। अ। श्लो १–२२० । केन्द्रमा र त्रिकोण ९९, ५० मा शुभग्रह रहेको र तेश्रो, छैटौं र एघारौं स्थानमा राहु, केतु, शनि र मङ्गल बसेको बखतमा जोर रातमा ग’र्भाधा’न गर्दा पनि छोरो हुन्छ (ज्योतिःसार, मु। प्र। श्लो। १९५० )

मङ्गलको लग्न नवमांशमा वा स्त्री पुरुषको मूल र अन्तर्दशा मङ्गलकै भएको मौकामा ग’र्भाधा’न गर्दा पनि छोरो हुन्छ । फेरि लग्नबाट वा चन्द्रमा बसेको स्थानबाट पाँचौं भाव शुभग्रह वा आफ्नै स्वामीले युक्त वा दृष्ट अवस्थामा छोरा हुन्छ (त्रि। ज। कु। द।, श्लो। १०, पृ। २१३० ) शनि लग्नबाट ३, ५, ७, ९ र ११ स्थानमध्ये कुनै एकमा रहेको बखतमा छोरो हुन्छ (बृहज्जा। निषेका। ४, श्लो। १२० )

लग्नस्थानमा सूर्यचन्द्र पापग्रहयुक्त नभएमा, सातौं स्थानमा राहु–केतु–शनि नभएको बखतमा, आठौं स्थानमा मङ्गल र चौथो स्थानमा पनि पापग्रहहरू नभएको लग्न र लग्नबाट ४, ५, ७, ९ र १० स्थानमा शुभग्रह रहेको अनि ३, ६ र ११ औं भावमा चाहिं पापग्रह बसेको मुहूर्तमा शुभतिथि र शुभनक्षत्रमा सम रातमा ग’र्भाधा’न गर्दा छोरा हुन्छ (मुहूर्त चिन्तामणि, संज्ञाप्रकरण० )

ग’र्भशा’स्त्रका एक जना अमेरिकी विशेषज्ञले ऋतुस्नानका उत्तरार्धका आठ रात छोराका लागि उपयुक्त हुन्छन् भनेका छन् । दिनमा स’हवा’स गरियो भने सूर्यकिरणको प्रभावबाट उ’ग्र स्व’भा’व’को, बेलुका सन्ध्यामा हिरण्यकशिपुजस्तो, ऋतुस्नानको चौथो दिनमा शूरवीर भए तापनि अभिमन्युजस्तो अल्पायुको हुने धर्मविज्ञानको धारणा रहेको छ । सूर्यचन्द्र समरेखामा रहने पर्व दिन, ग्रहण, उल्कापात र वज्र खसेको समय पनि ग’र्भाधा’नका लागि अनुचित हुन्छन् । ऋतुस्नाताद्वारा ऋतुकालीन नेत्रज्योतिबाट आत्मसात् गरिएका यावत् वस्तुहरूको प्रभाव भावी सन्ततिमा पर्ने हुँदा त्यस समयमा सच्चित्र, सत् शास्त्र, सद् गुरु र सत् सङ्गीतमात्र ग्रहण हुने स्थानमा रहनु राम्रो हुन्छ ।

कतिपय बुहारीहरू ग’र्भाधा’नका समयमा अत्यन्त क’र्कश सासूको गा’ ‘ली सुन्न वा अत्यन्त रुखो वातावरणमा रहन बाध्य हुन्छन् र उनीहरूले त्यस समयमा भोगेका वा सुनेका वाक्यहरूको प्रभाव भावी सन्ततिमा पर्ने हुँदा जन्मेका सन्तान पनि त्यस्तै क’र्कश र रु’खा हुन जान्छन् । त्यसैले राम्रा सन्तान जन्माउन चाहनेले घरको वातावरण क’र्क’श, रु’खो र अनेकौं बहाना गरेर बुहारीलाई सताउने खालको छ भने त्यस ठाउँबाट अन्यत्रै राम्रो ठाउँमा बस्नु उचित हुन्छ ।

छोरो जन्माउनका लागि केही व्रत, यज्ञ र शास्त्रीय औ’ष’धि’हरू

छोरो जन्माउन विभिन्न यज्ञ र व्रतहरूको विधान पनि शास्त्रमा गरिएको पाइन्छ । त्यस्ता यज्ञहरूमा पुत्र्येष्टि यज्ञ ९अ।रा।बा।का। ३।१–१८०, मरुस्तोम र मित्रावरुण याग (तैत्तिरीय संहिता २।२।५०, पुत्रमन्थ ९शतपथ ब्राह्मण १४।५।५।१०) षष्ठीदेवी उपासना (देवीभागवत ९। ४६। ६९–७२०, हरिवंश श्रवण ९श्रीमद्भागवत ६ ।१४। १०।३०० )आदि प्रमुख छन् ।

सुसन्तति गराउनका लागि ऋतुस्नानपछि सूर्यदर्शन, सिद्ध महात्माको दर्शन, सेता घोडा र साँढेको अवलोकन, सात दिन ब्रह्मचर्यमा रही सेती गाईको दूधमा चाँदी वा काँसको भाँडामा मह–घिउ राखेको जौको सातु वा परिकार घोलेर पिउने र सायं प्रातः दूधभात सेवन गर्नुपर्ने साथै सेतो घर, कोठा र शैयामा सम रातमा चाँदीका पाउजेब लगाएर ग’र्भाधा’न गर्दा राम्रो गुण भएको छोरा हुन्छ भन्ने चरकको मत छ । पुरुषले पनि एक महिना पूर्वबाट नै ब्रह्मचर्यमा रही आयुर्वेदिक औ’ष’धि खा’नुप’र्ने नियम छ । त्यस्ता औ’ष’धि’मा शुद्ध च्यवनप्राश, नरसिंह चूर्ण, अश्वगन्धा, यार्सागुम्बा, पाँचऔंले, केसर, गाईभैंसीको दूध, घिउ, नौनी, दही, मह, घिउमा तारेर सिधेनून राखेको बोकाको अ’ण्डको’ष र पुष्टकारी आदि मुख्य छन् ।

८५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया