बुधबार १५ चैत्र २०७९

काठमाडौं । पल शाह अहिलेका चर्चित नायक हुन् । म्युजिक भिडियोदेखी सिनेमामा समेत सक्रिय पल अहिले महंगो पारिश्रमिक लिने नायक मध्येमा पर्छन् ।

अहिले युवा पुस्ताका दर्शकको मनमा बस्न सफल आर्थिक रुपमा समेत सम्पन्न पल शाहलाई कुनै बेला कोठा भाडा तिर्न समेत धौ धौ थियो भन्दा कतिलाई आश्चर्य लाग्न सक्छ । आश्चर्य नमान्नुस् कुनै बेला कोठा भाडा तिर्न नसकेर डेराबाट निकालिएका थिए ।

दाङका स्थानिय वासिन्दा उनको वास्तविक नाम पूर्ण विक्रम शाह हो । उनी सानो छँदा उनको घरमा टेलिभिजन थिएन । उनी टिभी हेर्नका लागि छिमेकीको घरमा जान्थे । फिल्म क्षेत्रमा आएपछि पूर्णविक्रमवाट पल बनेका उनी १६ वर्षको उमेरमा एसएलसी पास गरेपछि थप अध्ययनका लागि काठमाडौं आएका थिए ।

उनको बुवाको चाहना थियो छोराले सैनिकको जागीर खाओस् । तर उनले बुवाको पुरा गरेनन् । फिल्म एडिटर बन्नका लागि केही समय उनले मिडिया प्लसमा जागरि समेत खाए । जतिवेला उनको तलब थियो मासिक २५ सय रुपैंया । सोही समय हो उनले समयमा कोठाभाडा नतिरेकै कारण डेराबाट निकालिएका थिए ।

कतिपयले भन्ने गर्छन् अनामनगर, पुरानोबानेश्वर, पुतलीसडक, वागवजारलगायतका केही होटलमा उनले उधारो खाजा खाएको पैसा तिर्न बाँकी छ । राजधानी दैनिकमा यो खबर छ ।

७५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया