बिहिबार ०७ आश्विन २०७८

काठमाडौ / बर्दियामा बा घले फेरी एक जना पुरुषलाई लगेको छ । भैंसी चराउन गएका बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरी सोमवार देखि हराएका थिए । उनलाई बा’घले लगेको बताइएको थियो । सोमवार उनको शव जंगलमा फेला परेको छ।

परिवारले सोमबारदेखि उनको खोजी गरेका थिए । उनी हराए लगत्तै सो क्षेत्रमा बा’घ समेत देखिएको थियो । प्रहरीले निकुञ्जको सेना सहितको टोली तत्काल खोजीमा जान समेत ड’राएका थिए । मंगलवार भने उनको शवजंगलमा फेला परेको हो। राजापुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष दयाशंकर थारूका अनुसार उनको श’व हेर्दा बा’घले आ क्र म ण गरेको देखिएको छ । घाँटी र कम्मर मा चि थोरेको निसान छ ।

उनी हराएपछि निकुञ्ज सुरक्षामा रहेको सेना, प्रहरी र स्थानियले ‘हात्तीसहित निकुञ्जमा खोजी थालिएको थियो । निकुञ्जको टोलीले खोजी गर्दा भैंसी चराएको ठाउँ नजिकै शव फेला परेको हो।’

शवलाई पोस्टमार्टमका लागि लगिएको बताइएको छ । राजापुर वडा नम्बर १० का चौधरी भैंसी चराउन गेरूवा गाउँपालिका वडा नम्बर ६ स्थित बाझपुर गेरूवा पुगेका थिए। बर्दियामा बाघका का’रण सर्वसाधारणको ज्या न ख तरामा परेको छ । यस अघि पनि स्थानियले बाघकै का’रण ज्यान गुमाएका छन् ।

४७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया