सोमबार ३१ जेठ २०७८

काठमाडौं । बलिउड महानायकका रूपमा चिनिएका अमिताभ बच्चन पचास बर्ष भन्दा बढी बर्षदेखि सिनेमामा छन् । अमिताभ अझै पनि चलचित्रहरूमा सक्रिय छन्। बच्चन परिवारको बारेमा हामी सबैलाई थाहा छ। अमिताभ आफ्नो सम्पूर्ण परिवार पत्नी जया बच्चन, छोरा अभिषेक, बुहारी ऐश्वर्या र नाति आराध्यासँग मुंबईको एक आरामदायी बंगला ‘जलसा’ मा बस्छन्।

अमिताभको कान्छा भाई अजिताभ बच्चन छन्। अजिताभ अमिताभभन्दा पाँच बर्ष कान्छा थिए। उनको १९४७ मा इलाहाबादमा हरिवंश राय बच्चन र तेजी बच्चनको घरमा जन्म भएको थियो।आफ्ना जेठो दाजु अमिताभ जस्तै अजिताभ पनि नैनीतालको शेरवुड कलेजमा अध्यायन गरे । अजिताभ बच्चन भारतका एक प्रख्यात व्यापारी हुन्। यस अघि उनी लन्डनमा १५ बर्षसम्म व्यापारमा रहे । उनलाई लाइमलाइटमा बस्नु मनपर्दैन।

अजीताभको रामोलासँग विवाह भएको छ। उनी एक सोसाइटी र व्यवसायी महिला हुन्। २०१४ मा उनलाई एशियन अफ द इयरबाट पुरस्कृत गरिएको थियो। लन्डनमा उनलाई पार्टीहरुको शान भनिन्थ्यो। २००७ अजिताभको परिवार भारत सार्यो। अजिताभ र रमोलाका ४ सन्तान छन् । छोरा भिमा, तीन छोरी नीलिमा, नम्रता, नैना। अजिताभको छोरो भीमा पेशेमा लगानीकर्ता बैंकर हुन्। छोरी नयनाले २०१५ मा अभिनेता कुणाल कपूरसँग विवाह गरिन्।

अमिताभ र अजिताभ वर्षौंसम्म एक अर्काबाट टाढा रहे तर दुबै आफ्नो काममा व्यस्त छन्। दुबैबीच धेरै माया र मित्रताको सम्बन्ध छ। कमाईको बारेमा कुरा गर्दा, अजिताभ अमिताभ भन्दा कम छैनन्। बलिउडका महानायक जस्तै उनी पनि विलासितापूर्ण जीवन बिताउँछन्। उनले लन्डनमा बसोबास गरेर धेरै सम्पत्ति र नाम कमाएका छन्।

अमिताभ बच्चन र जया बच्चनको परिवार भारतमै सम्पन्न परिवारमा पर्छ । फिल्म उद्योगमा बच्चन परिवारको नामको मात्र पनि छुट्टै सम्मान र स्थान छ । यो परिवारलाई बलिउड उद्योगमै धनि परिवारको रुपमा चिनिन्छ । करिब ४ दशकदेखि बलिउडमा राज गरेका अमिताभ र जया र लामो समयदेखि बलिउडमै जमिरहेका ऐश्वर्या र अभिषेकका सम्पत्ति कति छ ? भनेर धेरैलाई चासो हुने गर्छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्या – अभिषेकको भन्दा अमिताभ–जयाको सम्पत्ति धेरै छ । जया–अमिताभको कुल सम्पत्ति २८०० करोड रहेको छ । उनीहरुको मुम्बईमा जलसा र प्रतीक्षा नामको दुईवटा बंगला छ । मुम्बईबाहेक उनीहरुको भोपाल, पुना, अहमदाबाद र फ्रान्समा पनि उनीहरुको सम्पत्ति छ ।

समाचारका अनुसार जयाले समाजवादी पार्टीको उम्मेदवार बन्ने समयमा आफ्नो कुल सम्पत्ति १००० करोड बताएकी थिइन् । उनीहरुसँग १२ वटा गाडी पनि छ । जया बच्चनसँग ६२ करोड भारुका गहना छन् । जसमा अमिताभ बच्चनले लगाएको औंठी पनि सामेल गरिएको छ ।

११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया