आइतबार १९ चैत्र २०७९

दाङमा शनिवार एउटा भारतीय नम्बर प्लेटको कारमा तीन बालक मृत्यु भएको घटनामा प्रहरीको लापरवाही भएको बालकका आफन्तले आरोप लगाएका छन् । बालकको आमा सुनिता परियारले आफुहरु छोरा हराए भन्दै प्रहरी कार्यालयमा उजुरी दिन जाँदा महिला प्रहरीले यस्तो कोरोनाको समयमा यस्तो सानो घटना हामी हेर्दैनौं भनेर वेवास्ता गरेको बताइन् ।

उनले ३ बालक हराएको घटना कसरी सानो भयो भनेर आफुले अलि ठूलो श्वरमा बोलेपछि अर्को पुरुष प्रहरीले हामी हेर्छौ भनेर निवेदन छोडेर जानु भनेको बताइन् । हाम्रा छोरा हराएको निवेदन दिएको २४ घण्टा पछि पनि प्रहरीले कुनै जानकारी नदिएपछि आफुहरु जाँदा प्रहरीले बल्ल बालकको नाम सोधेको बताइन् । अघिल्लो दिन दिएको निवेदन अहिले सम्म किन हेर्नुभएन ?

भनेर आफुले प्रहरीलाई प्रश्न गरेको सुनिताको भनाई छ । दुई छोराकी आमा रहेकी उनले एउा छोरा गुमाएकी छन् । आफ्ना दुई नाती गुमाएका हजुरवुवा पनि घटनास्थल पुगेका थिए । आफ्ना दुई सन्देश परियार र सुवर्ण परियारको मृत्यु भएको भन्दै घटनास्थल पुगेका उनी निकै भावुक भए । कृण्णबहादुर गन्दर्भले आफुले दुई नाती गुमाएको बताए ।

उनीहरुले घटना रहस्यमय भएको भन्दै सत्य पत्ता लगाउन आग्रह गरेका छन् । बालकहरु आफै कारमा नगएको र कसैले घटना गराएको हुनसक्ने परिवारका सदस्यले बताएका छन् । प्रहरीका अनुसार मृ त भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् । सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् ।

४०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया