आइतबार १९ चैत्र २०७९

डोजरको बकेटमा चटाई विच्छाइन । त्यसको माथि सेतो कपडा खप्याईन । मलामीहरुले टाढैबाट हेरिरहे । अनि घर भित्र श’व उठाउन गइन । केहीवेरपछि रित्तै फर्कि आइन् ।

म त सक्दिन । एक्लै हुँदै भइन उनि हुन घोराही–१४ की कल्पना । उहाँलाई जेठाजु विष्णुध्वज जिसीको श’व व्यवस्थापन गर्नु थियो । जिसीको आइतवार विहान करीब नौ बजे घरमै नि’धन भएको थियो ।

अकस्मात मृ’त्यू भएको स्थानिय राजकुमार गुप्ता (रज्जु) ले जानकारी दिनुभयो । मृ’त्यू लगतै वडा अध्यक्ष शक्तिराम डाँगीलाई खबर गयो । अध्यक्ष डाँगी घरमै पुग्नुभयो । मृ’तक जिसी घोराही उपमहानगरपालिकाका कर्मचारी हुनुहुन्थ्यो ।

घोराही–१५ का अध्यक्ष रमेशकुमार पाण्डेय, नगरका प्रवक्ता एवं घोराही–१८ का अध्यक्ष भरतमणी अर्याल लागाएतले श’व व्यवस्थापन थाल्नुभयो ।

अध्यक्षहरुका अनुसार नेपाली सेनाको शव व्यवस्थापन टोलिलाई ल्याउन लामै समय जोर जुलुम चल्यो । आफ्नो तर्फबाट अनेक पहल र प्रयास गरे पनि सकिएन ।

अध्यक्ष डाँगीका अनुसार पिसिआर टेष्ट गरी कोरोना पोजेटिभ नभएको शव व्यवस्थापन नेपाली सेनाले गर्दैन भन्यो । अरु कुनै पनि उपाए लागिन । अन्तमा घोराही उपमहानरपालिकाको डोजर ल्याउने अध्यक्षहरुको सहमति भयो ।

त्यस बेलासम्म दिउँसो दुई बजिसकेको थियो । पिपिई लगाएका डोजर चालकले घरको ढोकामै डोजर ल्याए । वकेट कोठातर्फ सोझाईदिए । घर भित्र बाट श’व ल्याउने र त्यसमा बसाल्ने कोही भएन । बुहारी कल्पना एक्लै कस्सिनुभयो । उहाँको उपाए चलेन । दुई तिन पटक उठाउन जानुभयो । एक्ले सम्भवै थिएन ।

बाहिर जमात अलि ठुलै भइसकेको थियो ।”सडकमा जम्मा भएको समुहबाट एक जना छिमेकीले साहस गर्नुभयो । त्यसपछिमात्रै श’व व्यवस्थापन सम्भव भयो । मृ’तक जिसीको छोरा, श्रीमति सहित पाँच जनाले साँघुरो गल्लीबाट मुश्किलले बाहिर ल्याउनुभयो । श’व बकेटमा हाल्नुभयो ।

प्रयास धेरै गरियो

तरुणदलका टिका घर्तीले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललगाएत धेरै संग पहल गर्नुभयो । जनप्रतिनिधिहरु र प्रहरीको पनि उपस्थिति थियो तर श’व व्यवस्थापन कार्य निकै जटिल भयो । सर्वसाधारण कालगतिले मरे के हुन्छ ? उपस्थित धेरैले प्रश्न गरिरहेका थिए ।

४०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया