मंगलबार २८ बैशाख २०७८

सरकारले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान बन्द गर्न निर्णय गरेको हो ।

दुवै उडान वैशाख मसान्तसम्म बन्द हुने बताइएको छ । बैठकले आन्तरिक उडान बैशाख २० गते मध्यरातदेखि र अन्तर्राष्ट्रिय उडान बैशाख २२ गते मध्यरातदेखि बन्द गर्ने निर्णय गरेको हो । राष्ट्रिय अन्तर्राष्ट्रय चार्टर्ड उडानलाई अनुमति दिइने ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ ।

ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ । अरु अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राख्ने ती मन्त्रीले बताए । हाल अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने व्यक्तिले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ ।

५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया