बुधबार १५ चैत्र २०७९

कोरोना संक्रमित हुँदा पनि आराम नगरी पिपिई सेट नै लगाएर प्रस्तुती दिइन् कमेडी च्याम्पियनकी श्रेया सुवेदीले, भनिन् ‘कोरोनाका कारण बेहुलीको ड्रेसमा आउन पाइन

कमेडि च्याम्पियनको दोस्रो संस्करणको भाग १६ पनि प्रसारणमा आएको छ । जसमा उत्कृष्ट ९ प्रतिस्पर्धीले आठौँ स्थानका लागि आफ्नो प्रस्तुती दिए ।

जसमध्ये सबैभन्दा अन्तिम प्रतिस्पर्धीका रुपमा झापाकी श्रेया सुवेदीले कोरोना संक्रमणका बाबजुत पनि आफ्नो प्रस्तुती दिइन् ।

उनले पिपिई सेट लगाएरै होस्टलबाट आफ्नो प्रस्तुती दिएकी हुन् । श्रेयाले आधुनिक बेहुलीका रुपमा आफ्नो प्रस्तुती दिएपछि जजहरुले खुलेर तारिफ गरेका छन् ।

जज प्रदिप भट्राईले अन्य समयको भन्दा पनि अप्ठ्यारो परिस्थितीमा श्रेयाले कमालको प्रस्तुती दिएको भन्दै उनले श्रैयालाई हौस्याउने काम गरे ।

३६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया