आइतबार ०६ आषाढ २०७८

काठमाडौं- विगत २४ घण्टामा नेपालमा थप ७,२११ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यो कोरोनाभाइरस महामारीयताकै सबैभन्दा धेरै सङ्क्रमण पुष्टि हो।

उक्त अवधिमा २७ जनाको कोभिड-१९ का कारण निधन भएको पनि मन्त्रालयले जनाएको छ। एन्टीजन र पीसीआर विधिबाट गरी १६,७०० भन्दा केही बढी परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसअघि शनिवार ५,७६३ जनालाई सङ्क्रमण पुष्टि भएको थियो।

त्यसभन्दा पहिले गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। हालसम्मकै सबैभन्दा धेरै गत बिहीवार ३५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको थियो। हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ६१२ रहेको छ। पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ।

उपत्यकामा ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ७४४ जनामा, ललितपुरमा ५५० जनामा र भक्तपुरमा ३०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ। तस्विर फाइल

७० पटक हेरिएको

तपाईको प्रतिक्रिया