सोमबार ०६ चैत्र २०७९

काठमाडौ । बुवाको निधन भएपछि एक १२ वर्षकी बालिका मन्दिरमा किरीया बसेकी छन् । घर नभएका कारण बुवाको अन्तिम संस्कार पछिको किरिया उनी मन्दिरमा बसेकी हुन् । यस्तो समाचार सार्वजनि भएपछि ति ११ वर्षकी बालिकालाई घर बनाउनका लागि आर्थिक सहयोग जुट्न थालेको छ । सानी १२ वर्षकी बालिकाले दुख गरेर मन्दिरमा बुवाको किरिया बसेको देखेपछि सामाजिक सञ्जा मार्फत उनका लागि सहयोग जुट्न थलेको हो ।

सल्यानको शिद्धकुमाख गाउँपालिका–३ कल्याचौर, हाल दाङ तुलसीपुरमा कोठा लिएर बस्दै आएका ४० वर्षीय भोलाराम बोहराको सवारी दुर्घटनामा परि निधन भएपछि १२ वर्षीया छोरी रितु बोहराले मन्दिरमा किरिया गरेकी हुन् ।

लामो समयदेखी भाडाको घरमा बस्दै आएका बोहराको निधन पछि उनको परिवार पनि एक्लिएको छ । बुवाको अन्तिम संस्कार पछिको किरिया समेत गर्ने ठाउँ नभएपछि उनको १२ वर्षकी छोरी मन्दिर गएकी थिइन् । छोरी रितुका बारेमा विभिन्न मिडियामा तस्बिर सहित समाचार सार्वजनिक भएपछि सहयोग रकम उठ्न थालेको हो ।

सल्यान कोटमौलाका शुवर्ण योगीले उनको सहयोगका लागि अभियान नै चलाएका थिए । उनलाइ हाल सम्म १ लाख ८९ हजार १ सय ५ रुपैँया सहयोग प्राप्त भएको उनले बताए ।

ति बालिकालाइ सहयोग गर्न चाहानेले मृ त क भोलारामकी श्रीमती सोभा बोहराको एभरेष्ट बैंक लिमिटेडमा रहेको खाता नम्बर ०३३००५०१२१०३४१ मा सहयोग गर्न सक्ने र ९८१०९५१५७८ र ९७४२२३०२२६ मा सम्पर्क गर्न सकिन्छ । लेकाली अनलाईनले यसको लागि सहयोग पनि गरेको छ ।

५२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया