आइतबार १९ चैत्र २०७९

विराटनगरका छुट्टाछुट्टै अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको छ । एक भारतीय नागरिकको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।आइतबार बिहान नेपालसँग सिमाना जोडिएको भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए । व्यापारको सिलसिलामा जोगवनीबाट नेपाल आएका उनी आफन्तको घरमा बस्दै आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई वैशाख १० गते उपचारका लागि भर्ना गरिएको थियो ।

उनको आइतबार बिहान ७:१० बजेतिर मृत्यु भएको हो ।यस्तै विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर र सुनसरी ठेगाना भएका दुई वृद्धा महिलाको पनि मृत्यु भएको छ । उनीहरूको आइतबार बिहान र शनिबार राति मृत्यु भएको हो ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–६ की ६८ वर्षीया वृद्धाको आइतबार बिहान ६:४० बजेतिर मृत्यु भएको छ । वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।त्यस्तै सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धा महिलाको शनिबार राति ९ बजेतिर मृत्यु भएको हो । उनलाई शनिबार नै उपचारका लागि भर्ना गरिएको थियो ।

३६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया